धरान  / विद्यार्थीहरुको शिप तथा क्षमता बिकास गर्ने उदेश्यले धरानमा आउदो कार्तिक २२ गतेदेखी ‘तीन हप्ते कलिनरी वर्कशप २०७९’ हुने भएको छ ।
धरान इन्टरनेशनल कलेज अफ होटेल म्यानेजमेन्टको आयोजना तथा स्विस कन्ट्याक्टको संयोजनमा धरान १८  बुदचोकस्थित कलेजमा उक्त वर्कशप हुने भएको हो । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरेर वर्क शपमा कलेजका ४२ जना विद्यार्थीहरुको सहभागिता रहने कार्यक्रम संयोजक सन्जिव बान्तावा राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा सहभागिहरुलाई स्विजरल्याण्डका एक्जुकेटिभ सेफ गुनथर्ड नट्जले दिनुहुने छ । वर्क शपमा १५ दिन तालिम पछी प्रयोगात्मक कार्यशाला हुने उहाँको भनाइ छ । यो वर्कशप  हरेक ६र६  महिनामा आयोजना गरेर निरन्तरता दीइने कलेजका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले बताउनु भयो ।  
विद्यार्थीहरुलाइ यस्ता खालको वर्कशप लिन महँगो खर्चमा नेपाल बाहिर जानु पर्ने बाध्यता हटाउनलाई पनि वर्कशप सुरु गर्न लागिएको श्रेष्ठको भनार्इ छ । वर्कसपमा सहभागी विद्यार्थीहरुलाइ इटालियन फुड, कन्टिनेन्टल कुजिन, किचन हाइजिनिङ, फुड डेकोरेसन, फुड स्टोरेज लगायत सिकाइने छ ।