सप्तरी  /  पछिल्लो समय राजनीतिक दलहरुका नेताबाट जनता निरास भए । दलका नेताहरुले जुन सपना बाढे, त्यो पुरा गरेनन् । जनताले दशकौंदेखि भोग्दैं आएको दुख पीडामा दलका नेतृत्वले मलम लगाउन सकेनन् । त्यही दलका नेताहरुको विकल्पमा २०७९ सालको स्थानीय तह निर्वाचन पछि स्वतन्त्र व्यक्तिहरु नेतृत्वको लागि अगाड िआएका छन् । स्थानीय तहमा स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी उम्मेदवारले लोकप्रिय काम गरेका कारण यही मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरु बढेका छन् । स्वतन्त्रहरुको भीडमा केही सक्षम, पढे लेखेका आसलाग्दा युवाहरु पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् । 

सप्तरीको क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा सप्तरी तिरहुत गाउँपालिका–४ डिमनबाट युवा इन्जिनियर कविन्द्र यादवले पनि उम्मेदवारी दिनु भएको छ । इन्जियरिङ पेसामा रहनु भएका यादव सप्तरी–१ का जनताको सेवा गर्न चुनावी मैदानमा हुनुहुन्छ । २०३७ सालमा डिमनको ग्रामिण भेगमा जन्मिनु भएको यादव राजनीतिमा पढे लेखेका युवा आउनु पर्छ भन्ने मान्यताले उम्मेदवारी दिएको बताउनु हुन्छ । उहाँले सन् २००४ मा इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियरिङमा भारतको मध्य प्रदेशस्थित माैलाना अाजाद प्राद्याेगिक विश्वविद्यालयबाट वि.ई. गर्नु भएको छ । चाइनाको नान्छाङ विश्वविद्यालयबाट सन् २०१८ मा एमविए गर्नु भएको छ । 

Untitled-2शिक्षित परिवारमा हुर्कनु भएका यादवका बुवा सर्वोच्च अदालतमा लामो समय न्यायधिशको रुपमा काम गरि अवकास जीवन विताई ३ बर्ष अघि स्वर्गावास हुनु भएको थियो । 

पीताको जनसम्पर्क र न्याय क्षेत्रमा भएको योगदानले कविन्द्र पनि हरेक क्षेत्रमा चिनिनु भएको छ । उहाँले आफ्नो क्षेत्रमा गुणस्तरिय शिक्षा, उच्चस्तरिय स्वास्थ्य  सेवा, सडक, सिचाई, विजुली र स्थानीय स्तरमा जनताका सानातिना समस्यालाई मुल एजेण्डा बनाउनु भएको छ । चन्द्र नहरको स्तरोन्नती, ग्रामिण भेगमा पिच सडक, सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन, महिलाहरुको सुरक्षाजस्ता विषय उहाँको प्राथमिकतामा रहेका छन् । 

उहाँले चाइनाको ज्याङसी प्रान्तकी भेटनरी डाक्टर सुई सियोङसँग विवहा गर्नु भएका यादवका ससुरा ज्याङसी प्रान्तका सांसद हुनुहुन्छ । स्व पीताको सम्बन्ध र उहाँले बनाएको सम्बन्धले केन्द्रीय सरकारसँग रहेका कर्मचारी, सचिवहरुसँग पनि राम्रै सम्बन्ध विस्तार गरेकाले आफुले जिते पछि यहाँ बजेट ल्याउन समस्या नहुने उहाँको भनाई छ । चाइनाबाट मधेश प्रदेशमा सोझो सम्पर्क गरि विकासमा साझेदार काम गर्न सकिने उहाँ बताउनु हुन्छ ।

राजनीतिक दलहरुले मधेशका जनताहरुका लागि कुनै लोकप्रिय र उनीहरुको आर्थिक, सामाजिक राजनीतिक उन्नती हुने कुनै काम नगरेकाले उहाँ राजनीतिक मैदानमा आएको उहाँ बताउनु हुन्छ । पैसा बाढेर र जनतालाई मासु चिउरा खुवाएर चुनाव जित्ने आफ्नो मनसाय नभएको बताउदैं जनताको मन जितेर चुनाव जिति यस क्षेत्रको कायपलट गर्ने धोको भएको उहाँ बताउनु हुन्छ । सप्तरी–१ का जनताको आग्रहमा आफु उम्मेद्वार भएकाले जनताले आफुलाई विजयी गराउने उहाँको बुझाई छ । 

यस क्षेत्रमा ५८ हजार दुई सय २९ पुरुष, ५४ हजार ९ सय ५८ महिला र अन्य ८ गरि कुल १ लाख १३ हजार एक सय ९५ मतदाता रहेका छन् । २० जनाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । ७० प्रतिशत उम्मेदवार स्वतन्त्रबाट रहेका छन् । 

सप्तरीको क्षेत्र नं १ जिल्लाको चार वटै क्षत्र मध्ये सबै भन्दा बढी मतदाता रहेको क्षेत्र हो । २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी(जसपा)का डा. सूर्य नारायण यादव निर्वाचित हुनु भएको थियो ।  

    यसपल्ट जसपा–एमाले गठबन्धनबाट मधेश प्रदेशका सामाजिक विकास मन्त्री तथा जसपाका नेता नवलकिशोर साह साझा उम्मेदवारको रुपमा प्रस्तुत हुनु भएको छ । सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह चुनावी मैदानमा हुनुहुन्छ । पूर्वसंविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले पार्टीबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । 

    स्वतन्त्रबाट कबिन्द्रसहित सर्वेन्द्र नायक, नारायण ठाकुर, विद्यानन्द लेखी, दिलिप चौधरी, प्रकाश नाटाहा, फजिल मन्सुरी, डा. रोहित पोखरेल गरि कुल २१ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहनु भएको छ । कविन्द्र यादव र जसपाका नवलकिशोर विच कडा प्रतिस्पर्धा हुने स्थानीय बताउछन् ।  

    यस क्षेत्रमा सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकागरि पाँच पालिका पर्दछ । 

kabindra father

Untitled-5