धरान  / नेकपा एमाले र जसपा नेपालका तालमेलका उम्मेदवारहरू छठ पुजाका लागी धरानको सेउती र सर्दु खोलामा पुगेर  छठी मातासँग आर्शिवाता लिनु भएको छ । 

उम्मेदवारहरू छठका लागि सिंगारिएको धरान–१५ स्थित सेउती खोला र धरान–१३ स्थित सर्दु खोलामा अस्ताउदो सूर्य र  आज उदाउदो सूर्यलाई भक्तजनहरुले पूजा गरेको अवलोकन गर्नु भएको छ । सहभागी भएका हुन् ।

सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधी सभाका उम्मेदवार अशोक राइ र सुनसरी १ क का उम्मेदवार रमेश बस्नेत तथा सुनसरी १ ख का उम्मेदवार विजयकुमार राइ छठ पुजा गर्न खोलामा पुगेर भक्तजनहरूसँग भेटघाट तथा पूजा आरधना गर्नु भएको छ । सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी आराधना गरिएको छ । आज विहान उदाउदो सूर्यलाई पूजा आरधाना गरि समापन गरिएको छ । 

ramesh

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सुर्यदेवको आराधना, उपासना र पुजाको यो पर्व शनिबारदेखि सरु भएको हो । धरानमा विभिन्न् समुदायले छठ पूजा भव्य मनाएका छन् । आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिएको छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालिएको जानकारहरु बताउछन् । 

छठ पुजामा सहभागी हुनुभएको उम्मेदवार रमेशकुमार बस्नेतले धरान बहुजातीय बसोबास भएको शहर भएकोले सबै चाडहरू प्राय सबै समुदायले उत्तिकै महत्वका साथ मनाउने गरेको बताउदै समाजमा घुलमिल भएर बस्न तथा एकताबद्ध हुन यस्ता चाडले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सर्दु तथा सेउती खोलामा पुग्नुभएका उम्मेदवार अशोक राईले धरान साँस्कृितक रूपमा धनी सहर भएको प्रतिक्रिया दिनुभयो । अर्का उम्मेदवार विजय राइले पनि धरानमा छठ पर्व हर्षोल्लासका साथ मनाइएको बताउनुभएको छ । 

ramesh1

chhat1