भोजपुर / नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गर्नु भएको छ ।

सोमबार भोजपुरको हतुवागढीस्थित घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर उक्त श्वेत पत्र सार्वजनिक गर्नु भएको हो ।  तीन वर्ष छ महिना सात दिन प्रदेश नं १ को संस्थापक मुख्यमन्त्री रहँदा राईले आफ्नो गृह जिल्ला भोजपुरको विकास निर्माणमा गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताउनुभएको छ । श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरु र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ । 

राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुन भएको थियो । २०७८ भदौ १० गते राईले राजिनामा दिँदै एमालेकै स्थायी समिति सदस्य भीमप्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गर्नु भएको थियो । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रदेश सभा तर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार रहनु भएको छ । 

सालिन स्वभावका राई यस पटक भोजपुरलाई  केन्द्रीय सरकारसँग लिङ्क गर्न उहाँले प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिनु भएको हो । 

श्वेत पत्रको विवरण यहाँ संलग्न गराइएको छ ।

https://drive.google.com/file/d/1u7utXOGaSoAJuk9pMXz0BBTM-tGPnACA/view