कतार । गैर आवसिय नेपाली संघ कतार समन्वय परिषद(एनआरएन) कतारले एक विज्ञप्ती जारी गर्दै मोहम्मद मुक्तदालाई कार्वाही गरेको छ ।  कतारको दोहास्थित नेपाली राजदूतावासको सभाकक्षमा २१ अक्टोबरमा भएको दशैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा मो. मुक्तदाले अवाञ्छनीय कार्य गरेको भन्दैं एनआरएन कतारले निस्कासन गरेको जनाएको छ । 

एनआरएनए संस्थाकै धज्जी उड्ने गरी गर्नु भएको घृणित हरकतले दोहाको सिङ्गो नेपाली समाजको शिर झुकेको छ, यस अवाञ्छनीय खेदजनक घटनाप्रति गैरआवासीय नेपाली सङ्घ कतार गहिरो दुःख व्यक्त गर्दछौँ ।

एनआरएनए कतारका अध्यक्ष सुरेश भट्ट र महासचिव ध्रुवराज अधिकारीले विज्ञप्ती जारी गर्दै मोहम्मद मुक्तदालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । 

गत शुक्रबार नेपाली राजदुताबासमा मुक्तदा टिमले शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा अथिति वक्ता बाग्मती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष राज देवकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै गर्दा कार्यक्रमको अध्यक्षता गरिरहनु भएका मुक्तदाले देवकोटाको माइक खोसेको परिषदले जनाएको छ । 

राजदुताबासको सभाहलमा तथा राजदुतको उपस्थितिमा भइरहेको कार्यक्रममा मुक्तदाले देवकोटा माथि अभद्र व्यवहार गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिए अनुसार समाजकै नेतृत्व गर्ने व्यक्तिले राजदुताबासको प्राङ्गणमा गरेको हर्कतले नेपाली समाजलाई लज्जीत बनाएको छ । देवकोटाले मुक्तदाको संस्थाको बेथितिबारे बोल्न खोज्दा शुभकामना कार्यक्रम भएकाले ट्रयाग भन्दा बाहिर गएर बोलेको भन्दैं माइक खोशिएको थियो । कुनै पनि संस्थाको कार्यक्रममा बक्ता बोलाएर बोल्ने क्रममा अवरोध गरिनु हुदैंन तर मुक्तादाले आफ्नो प्रतिकुलमा बोलेको भन्दैं अवरोध गरेका थिए । उहाँ माथि हातपातसम्मको स्थिति भएको थियो । 

मो.मुक्तदा मुसलमानलाई गैरआवासीय नेपाली सङ्घ कतारको विधानको परिच्छेद ६ को दफा १८ को उपदफा ३ मा व्यवस्था भए अनुसार साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको अध्यक्ष भट्टले जानकारी दिनु भयो ।  

घट्नाको बाग्मती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष राज देवकोटाले पनि विज्ञप्ति जारी गरि भत्र्सना गदैं अनाधिकृत संस्थाको अध्यक्षबाट हटाउन माग गर्नु भएको छ । 

कतारमा दुई वटा संस्था क्रियाशिल छन् । एउटा शेष घलेले नेतृत्व गरेको एनआरएन जसको अध्यक्ष भटट् हुन । अर्को कुल आचार्य, रविना थापा र बदी केशीले नेतृत्व गरेको संस्था रहेको छ । त्यसको अध्यक्ष भने मो. मुक्तादा हुुन्हुन्छ ।  दुई वटा संस्था भएका कारण दुईले नेपालस्थित पराराष्ट्र मन्त्रालयले दुर्वैलाई अधिकारिता नदिएको अवस्था छ । केही महिना अघि नेपाल सरकारले शेष घलेलाई अधिबेशन गराउन पत्रचार गरेको थियो । पुरानो विधान अनुसार कतारमा क्रियाशिल संस्था आफुले नेतृत्व गरेको संस्था भएको 

 परिषदका अध्यक्ष शुरेश भट्टले दावी गर्नु भएको छ । राजनीतिक अडा र गुण्डागर्दी शैलीमा  मुक्तादाको समुहले संस्थालाई फुटाउने काम गरेको उहाँको आरोप छ । आफुले नेतृत्व गरेको संस्था अधिकारिक भएको समेत उहाँले बताउनु भएको छ ।