धरान । आगामी मंशीर ४ गतेको संघीय चुनावको लागि सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार अशोक कुमार राईले नेकपा एमालेले सुरु गरेको विकासका अधुरा काम पुरा गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीको सहकार्य भएको बताउनु भएको छ । 

नेकपा एमालेले अघि सारेको ‘समृद्ध नेपाली सुखी नेपाली’ नारालाई साकार पार्न जसपासँगको सहकार्य आवश्यकता भएकाले मंसिर ४ गतेको निर्वाचनमा सहकार्य गरेर अघि बढेको उहाँले स्पष्ट पार्नु भयो । 

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका नेता राईले शनिवार क्षेत्र नम्बर १ को बराहक्षेत्र नगरपालिका स्थित नडाहामा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गदैं सुनसरी क्षेत्र नं. १ का जनतालाई संघीय राज्यसँग जोड्नेसमेत प्रतिवद्धता जनाउनु भएको छ ।  नेता राईले अलपत्र परेको मदन भण्डारी राजमार्ग, काँकरभिट्टा–इनरुवा–जनकपुर रेल वे संचालन, सुनसरी क्षेत्र नं. १ मा विमानस्थल निर्माण, मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्न, केन्द्रीय राज्यसँग जिल्लाको पँहुच पु¥याउन नेकपा एमाले र जसपाको सहकार्य अपरिहार्य भएकाले दुई पार्टीको सहकार्यमा आफु उम्मेदवार भएर आएको स्थानीयलाई प्रष्ट पार्नु भयो । 

उहाँले भन्नु भयो –‘हाम्रो सहकार्य निर्वाच अवधी भर वा निर्वाचन जित्न मात्र होइन । समृद्ध नेपाल बनाउन निरन्तर सहकार्य  हुने छ ।’ 

उहाँले स्थानीय स्तरका समस्याबारे पनि उजागार गदैं उहाँको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नडाहा–धरान सडकलाई कालोपत्रे गरि इटहरी र इनरुवा र  धरानसम्म जोड्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । चक्रघटटी–चतरा–वराहक्षेत्र,नडाहा–धरान,बक्लौरी–पंचायन कच्ची सडकलाई पिस गर्ने आफ्नो पहिलो एजेण्डा भएको उहाँले बताउनु भएको छ । सडक सन्जालको विकास र विस्तारपछि वराहक्षेत्रको धार्मिक आस्थाका धरोहर र संभावित धार्मिक पर्यटनको पनि संभावना र त्यसको विकास तीव्र हुने उहाँको भनाई छ । 

‘रामधुनीको पकलीमा थारु समुदायको आस्थाको धरोहर तीर्थ स्थल,रामधुनी,चतराको औलिया बाबाको मन्दिर,कोकाहा नदी, वराहक्षेत्र मन्दिरलाई धार्मिक दृष्टिबाट अझै थप विकास गर्नको लागि मुख्य सडक नै हो त्यसका लागि पनि यही क्षेत्रबाट मेरो उम्मेदवारी हो ।’–कार्यक्रमका प्रमुख अिितथिसमेत रहनु भएका नेता राईले भन्नु भयो । 

कार्यक्रममा प्रदेश सभा ख तर्फका नेकपा एमालेका उम्मेदवार विजयकुमार राईले नडाहा र धरान जोड्ने कच्ची सडकलाई आफु जितेर गएपछि पक्की सडक वनाउनको लागि पहिलो प्रथामिकतामा राख्ने प्रतिवद्धता जनाउनु भएको छ ।  यहाँको समस्या, दुख पीडा बुझेकाले आफु यहाँका जनतासँग हातेमालो गरेर अगाडी बढ्ने उहाँले प्रतिवद्धा जनाउनु भएको छ । 

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मञ्जु भण्डारी, प्रदेश कमिटी सदस्य तथा समानुपातिक उम्मेद्वार मोतीराज सुनुवारलगायतले चुनावी सम्बोधन गर्नु भएको थियो ।  

स्थानीय एमाले नेता भेषराज घिमिरेको संयोजकत्वमा प्रदेश सभा ख को संयुक्त निर्वाचन परिचालन कमिटी बनाइएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव यज्ञराज खड्काले जानकारी दिनुभएको छ । संयसक्त कमिटी १५ सय १ जनाको बनेको छ ।