धरान  / देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवारहरु  गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् ।

नेकपा(एमाले) बाट सुनसरी क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार रमेश बस्नेत देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहनुभएको छ । जनता समाजबादी पार्टीका सुनसरी क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार अशोक राई पनि विभिन्न समाजिक संस्था तथा पार्टीले आयोजना गरेको देउसी कार्यक्रममा सहभागी हुनु भएको छ । यस्तै एमालेबाट सुनसरी क्षेत्र नं. १ (ख)का प्रदेश सभा सदस्यका उम्मेदवार विजय राई,लगायतका उम्मेदवार  देउसीभैलोको सदुपयोग गर्दै जनतासँग मत मागिरहनुभएको छ । घरदैलो अभियानमा रहेका उम्मेदवारले तिहारको समयमा पनि अभियानलाई निरन्तरता दिनुभएको छ । यता सत्ता गठबन्धन तर्फ माओवादीका प्रतिनिधी सभा सदस्यका उम्मेदवार मुक्साहाङ मेयाङम्बो, नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार उमेश थापा, नेकपा समाजवादीका प्रदेश सभा सदस्य उम्मेदवार रेवतीरमण राईले पनि जनतासँगको भेटघाट अभियानलाई तिव्र बनाउनु भएको छ । 


यता स्वतन्त्रबाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवार दिनु भएका धरानका प्रूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बो पनि देउसी भैलो कार्यक्रमसँगै चुनावी अभियानलाई तिव्र बनाउनु भएको छ । 

‘घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ”, प्रदेश सभा सदस्यका उम्मेदवार रमेश बस्नेतले भन्नुभयो, “तिहारको समयमा देउसीभैलोको रौनकता छ, हामी देउसी भैलोमा सहभागी भएर जनतासँग भलाकुसारी गरिरहेका छौं । बस्नेत बुधबार नेकपा एमाले वडा नं. १५ ले आयोजना गरेको देउसी कार्यक्रममा सहभागी हुनु भएको थियो । १५ नं. का वडाध्यक्ष नरेश इवारामसँगै उहाँले नाचेर जनतासँग भोटको अपिल गर्नु भएको छ । 

 उम्मेदवारहरू देउसीभैलोको सदुपयोग गरिरहेको नेकपा एमाले निर्वाचन परिचालन कमिटी प्रचार उपसमितिका संयोजक राजमणी निरौलाले जानकारी दिनु भयो । 

नेकपा एमाले  नगर कमिटिकाे आयाेजनामा  एमाले तथा जसपाकाे सयुक्त टाेलीले सुनसरी १ मा देउसी खेलिरहेकाे  नगर कमिटी अध्यक्ष हर्कजङ एभेङले जानकारी दिनु भयाे ।

deusi1