गुल्मी / गुल्मीमा गाई काट्ने चार जना पक्राउ परेका छन् । शुक्रबार राति मालिका गाउँपालिका २ का २२ बर्षीय रमेश विक, २८ बर्षीय महलाल विक, ६१ बर्षीय टोप बहादुर रसाइली र ३५ बर्षीय तारा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिनु भयाे ।

दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक भविश्वर विकसहितको टोली घटनास्थल पुगको थियो । सोहि क्रममा गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको रानाााााभाटले बताउनु भयाे ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।