धरान / नेपका एमालेका सचिव योगेश भट्टराईले पार्टीको विधि विधान अनुसार नै मुख्य मन्त्री छनिने बताएका छन् । मंगलबार धरानस्थित एमाले पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले सचिव योगेश भट्टराईले मुख्यमन्त्री चयन गर्नु पूर्व पार्टीको संसदीय दलको नेता चयन हुने बताएका हुन् । ५ नं. प्रदेशमा पहिला संसदीय दलको नेता चयन गरे पछि मात्रै दलको नेता मुख्यमन्त्रीको उम्मेद्वार भएकोले सबै १ नं. प्रदेश तथा सबै प्रदेशमा सोही प्रकृयाले मुख्यमन्त्री चयन गरिने दाबी गरेका छन् ।
धरानको चुनावी सभालाई सम्बोधन गर्दा मुख्य मन्त्री भिम आचार्य हुन् भनेको होइन? भन्ने सञ्चारकर्मीको प्रश्नमा भट्टराईले –‘धरानमा भिम आचार्यलाई मुख्यमन्त्री नभनेर कसलाई भन्ने ?’ भन्दै प्रति प्रश्न गरेका थिए । उनले प्रदेश सभामा सकेसम्म सहमतीमा संसदीय दलको नेता छान्ने नभए प्रकृयामा गएर संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्रीको टुंगो लगाउने बताए ।
ताप्लेजुङबाट प्रतिनिधि सभामा निर्वाचित भट्राईले ताप्लेजुङ सुनसरीको सम्बन्ध अब नयाँ शिराबाट अघि बढ्ने दाबी गरेका छन् । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको तमोर करिडोर तिब्र गतिमा निर्माण गरी धरानबाट ताप्लेजुङ २ घण्टाको दुरीमा रहने बताए ।
सरकारले गरेका सबै निर्णय खारेज हुन्छ 
निर्वाचन सम्पन्न भएको २ महिना वितिसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगको गलत मनशायको कारण नयाँ सरकार गठन हुन नसकेको भट्टराईले दाबी गरेका छन् । उनले भने –‘निर्वाचनमा पराजित भइसकेको काङग्रेस र सरकारमा रहेका दलहरुले गरेका नियुक्ती अब बन्न सरकारले बदर गर्ने छ । उनले फागुनको दोस्रो साता भित्र नया सरकार गठन भइसक्ने दाबी गरे । नयाँ सरकार गठन हुदा मधेशवादी दलहरुसगँ सहकार्य हुन सक्ने संकेत समेत भट्टराईले गरेका छन् । उनले भने –‘निर्वाचन अघिको आखाले एमाले मधेशवादी दलको सम्बन्धलाई हेर्न मिल्र्दन, अहिले नया शिराबाट एमालेले मधेशवादी दलहरुसँग सहकार्य गर्न गइरहेको छ ।’
पाटी एकता र सरकार निर्माण सगसगै अघि बढ्ने
नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता र सरकार गठन सँगसँगै अगाडी बढ्ने बताएका छन् । पार्टी एकता धेरै अगाडी बढी सकेको भन्दै राष्ट्रिय सभा सहमतिमा उमेदवारी दिएको र प्रदेश सरकारमा पनि सहमती भइसकेको भन्दै अब सँगसँगै पाटी एकता अघि बढ्ने बताए । उनले पाटीको सिद्धान्त, संगठनमा एक रुपता र नेतृत्व व्यवस्थान मिलाएर पाटी एकता हुने दाबी गरेका छन् । उनले माओवादीको २१ औं शताब्दीको जनवाद र एमालेको जनताको बहुदलिय जनवाद मिलाएर सुहाउदो सिद्धान्त निर्माण हुने समेत बताए । उनले सम्मान र एक अर्काको अस्तित्व स्विकार गर्नसक्ने एकता हुने भन्दै दुवै तर्फबाट आत्मसमर्पण गर्ने किसिमको एकता नहुने दाबी गरे ।
प्रेस चौतारी सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराइलाई ढाका टोपी तथा खादा ओढाएर सम्मान समेत गरिएको थियो ।