धरान / धरान आसपासमा यस पटक सयपत्रि फुल नफुले पछि व्यवसायीहरुले सयपत्रिका तयारी माला भारतबाट भित्राएका छन् ।
व्यवसायीहरुले कलकत्ताबाट लाखौंको तयारी माला तिहार अगावै ल्याएको कृषि ज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी ु भयो । उनीहरुले मालाहरु धरान १३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोर(शतिघर)मा भण्डारण गरिएको छ । हाल १ लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउदैं गरेको व्यवसायीहरुले कृषी उपजबजारलाई जानकारी गराएको व्यवस्थापक भट्टराईले जानकारी दिनु भयो । नेपाली बजारको फुलबाट १ लाख ५० हजारको माला आउन सक्ने भटट्राई बताउनु हुन्छ ।


 यो बर्ष नेपालमा फूल फल््ने समयभन्दा अघि नै तिहार आएकोले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भए पछि व्यवसायीहरुले तिहार अगाडी नै फुलकोमाला व्यवस्थापन गरेका हुन । विगत बर्ष २५ प्रतिशत धरानमा भारतबाट फुलकामाला आयत गरिदै. आएको थियो । तर यसबर्ष भने ७५ प्रतिशत नै तयारी मालाहरु भारतबाट आउने सम्भावना रहेकोे व्यवस्थापक भट्टराईको भनाई छ । उहाँका अनुसार गत बर्ष १ करोड ६२ लाख फूलको व्यापार भएको थियो । तर यस बर्ष २ करोड भन्दाबढी कारोबार हुने अनुमान गरिएको छ । ‘ती फुलका माला प्रतिगोटा ४०/५० रुपैया पर्न सक्छ । नेपालको फुल नफुले ती मालाहरु प््रतिगोटा एक सय रुपैयासम्म पर्न सक्छ ।’–भट्टराईले भन्नु भयो ।
बढि फुल उत्पादन हुने क्षेत्र धनकुटा, तेह्रथुम, सुनसरीको पानवारी, ठिंगाबारी, मोरङको केरावारीलगायत क्षेत्रमा सयपत्रि फुलका कोपिला मात्र बसेको छ । तिहार यही कात्तिक ५ गतेदेखि सुरु हुदैंछ । यो बर्षको तिहारलाई स्थानीयहरुले रोपेको फुल काम नदिने व्यवसायी विमल थापाले बताउनु भयो ।