धरान । नेकपा एमाले र जनता समाजबदी पार्टीले सुनसरी क्षेत्र न.. १ मा चुनावी अभियानलाई तिव्र पारेको छ ।  संघ र प्रदेश दुवै तर्फ एमालेको नेतृत्वमा स्थायी सरकार गठन गरि समृद्ध नेपाल,सुखी नेपाली अभियानलाई सार्थक बनाउन जसपासँग तालमेगरेको एमाले तथा जसपाले सयुक्तरुपा  चुनावी प्रचारका लागि वडागत रुपमा समिति विस्तार सुरु गरेको छ । प्रतिनिधि सभा तर्फ ३५ ठाउँ र र प्रदेश सभा तर्फ ७० ठाउँमा तालमेल अनुरुप सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधी सभामा जसपाका अशोक राई र प्रदेश सभा क मा एमालेका रमेश बस्नेत र ख मा एमालेबाटै विजय राई उम्मेद्वार बन्नु भएको छ । 

आइतबार धरानको २ नं वडा र ८ नं वडामा निर्वाचन प्रचार–प्रसार समितिको कार्यालय विस्तार भएको छ । २ नं वडामा गौरीशंकर अग्रवालको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति समेत गठन भएको सुनसरी निर्वाचन क्षेत्र नं १ प्रचार प्रसार समिति संयोजक राजमणी निरौलाले जानकारी दिनु भएको छ ।   ८ नं  वडामा लक्ष्मण दासको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन भएको छ ।

सोमबार सुनसरी क्षेत्र नं. १ क को योजना तर्जुमा बैठक सम्पन्न गरेको छ । बैठकमा जसपासँगको तालमेलबारे छलफल भएको र एमाले र जसपाका उम्मेदवारहरुलाई जिताउन योजना बनाइएको निर्वाचन परिचालन कमिटी प्रचार उपसमितिका संयोजक राजमनी निरौलाले जानकारी दिनु भयो । योजना बैठकमा प्रदेश सभाका उम्मेदवार रमेश बस्नेत, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीलगायतले सम्बोधन गर्नु भएको थियो । 

उम्मेदवार बस्नेतले धरानको चौतर्फी विकासका लागी नेकपा एमालेसँग स्पष्ट भिजन र दृष्टिकोण भएको भन्दै भोटका लागि अपिल गर्नु भएको छ । 

अहिलेको राष्ट्रिय आबश्यकता अनुसार बनेको नेकपा एमाले र जसपा बीच १४ जिल्लामा प्रतिनिधि सभा तर्फ ५२ सिटमा नेकपा एमाले ३५ र जसपा १७ तथा प्रदेश सभा तर्फ ११२ सिटमा नेकपा एमाले ७० र जसपा ४२ सिटमा तालमेल गरिएको नेकपा एमाले धरान उपमहानग कमिटी अध्यक्ष हकृजंङ एभेङले जानकारी दिनु भयो । ‘प्रतिनिधि सभा तर्फ ३५ ठाउँ र प्रदेश सभा तर्फ ७० ठाउँमा हामी सहित जसपाले चुनाव चिन्ह सूर्यमा मतदान गर्नु पर्नेछ।’–अध्यक्ष एभेङले भन्नु भयो –‘प्रतिनिधि सभामा १७ र प्रदेश सभा तर्फ ४२ ठाउँमा जसपा र हामीले मतदान गर्ने सहमति अनुसार सुनसरी क्षेत्र नं १ मा प्रतिनिधि सभा तर्फका उम्मेदवार जसपाका राष्ट्रिय अध्यक्ष अशोक राईलाई चुनाव चिन्ह छातामा र प्रदेश क तर्फका उम्मेदवार नेकपा एमालेका  रमेशकुमार बस्नेत तथा प्रदेश सभा खूतर्फका उम्मेदवार नेकपा एमालेकै विजय कुमार राईलाई चुनाव चिन्ह सूर्यमा मतदान गर्नु पर्नेहुन्छ ।