धरान / अन्तर–पुस्ता महिलाबादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।
मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको छ । निर्वाचन कार्यालयलाई  पनि भयमुक्त निर्वाचनको लागि खबरदारी गर्दै चार बुँदे ध्यानाकर्षण पत्र बुझाइएको अन्तर–पुस्ता महिलावादी मञ्चका सह–संयोजक सरु जोशी श्रेष्ठले जानकारी दिनु भयो । गत असोज २६ गते एकै दिन मञ्चले जिल्ला प्रशासन कार्यालयहरुमा ध्यानार्षण पत्र बुझाएको थियो ।
निर्वाचनको अघि विभिन्न राजनीतिक दलहरुले गर्ने गर्ने क्रियाकलापहरु महिलामैत्री नहुने र निर्वाचन पछि विजयी भए पछि पनि नारा जुलुस गर्ने पार्टी खाने र महिलामाथि हिंसा गर्ने परिपार्टी विध्यमान रहेकाले यस्ता गतिविधी राज्यले नियन्त्रण गर्नु पर्ने सहसंयोजक श्रेष्ठले बताउनु भयो ।
ध्यानाकर्षण पत्रमा निर्वाचनको समय तथा निर्वाचन पछि हुने चुनाव प्रचार प्रसार, विजय जुलुशआदिका नाममा हुने भोज भत्तेरआदिको आयोजना तथा सोको नाममा भएका अत्यधिक मादकपदार्थ सेवनले महिलाहरुले घरेलुहिंसा सहनु परेको उल्लेख छ । महिला बालबालिकाहरु ब्ढि पीडित भएको ध्यानार्षण पत्रमा उृल्लेख गरिएको छ ।
 .कुनै पनि चुनावी प्रसार–प्रचारमा संलग्न सक्रिय महिलाहरुलाई सुरक्षीत वातारण सृजना गराउन सुरक्षाका सम्पूर्ण उपायहरू अपनाएको सुनिश्चित गर्न उहाँहरुले माग गर्नु भएको छ ।
कुनै पनि शारीरिक किसिमले निर्बल (वृद्धवृद्धा, अपङ्गताभएका, गर्भवती, सुत्केरी, बालबालिकाआदि)महिला या पुरुष मतदान गर्न जाँदा÷आउँदा राज्यको तर्फबाट गरिएको विशेष व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गरी सुदृढीकरण गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।
निर्वाचनको सम्बन्ध घरेलु हिंसासँग जोडिउको कुरा नयाँ भएको बताउदै आयोगका प्रमुख दिनेश थपोलियाले आयोगको ध्यानाकर्षण भएको बताउनु भएको छ । यस विषयलाई सुरक्षा बैठकहरुमा विषय प्वेश गराउने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताउनु भएको मञ्जकी सदस्य गीता डगोंलले जानकारी दिनु भयो ।