विराटनगर । प्रदेश नं १ को रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमाबाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो ।
सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र जथाभाबी खुल्ला गरिएका डिभाइडरले दुर्घटनाको जोखिम बढाएकाले त्यसलाई बन्द गरिने निर्णय भएको मन्त्री केदार कार्कीले बताउनुभयो । यस्तै बैठकले सडकको सरसफाइ, बगैँचा निर्माण, निर्माण भइसकेको बगैँचाको संरक्षण सम्बन्धित सम्पूर्ण कार्य तत्काल सुरु गर्ने, महानगरभित्रको ट्राफिक व्यवस्थापनका लागि बजार र मेन रोड क्षेत्र भित्र सिसी क्यामेराको जडान गर्नेका साथै पार्किङ व्यवस्थापनका लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा काम गर्ने निर्णय गरेको छ ।

बैठकले ६ लेनको सडक आयोजनाअन्तरगतकाकार्य गर्नका लागिआयोजनाकाइन्जिनियर प्रियङ्काझाको संयोजकत्वमातीन सदस्सीय कार्य सञ्चालन समिति गठन गरी काम गर्ने निर्णय भएको आन्तरिक मामिलातथाकानूनमन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिनुभयो । जसमा ट्राफिक प्रहरी इनिक्पेटर राजकुमार कार्की र विराटनगर महानगरपालिकावातावरण इन्जिनियर सुदीक्षाकार्की सदस्यसचिव रहेका छन् । जसको अनुगमनआन्तरिक मामिलातथाकानूनमन्त्रालय र जिल्लाप्रशासनकार्यालयले गर्ने छ ।

मन्त्रीकार्कीको संयोजकत्वमाबसेको बैठकमा मोरङका प्रमुखजिल्लाअधिकारी काशीराजदाहाल, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत सडक तथा सुरक्षानिकायकाअधिकारीहरूको सहभागिता रहेको थियो ।