धरान । लामा कार्की प्रतिष्ठान नेपाल सुनसरीले सुनसरीकाे बराहक्षेत्रमा शुक्ररबार छात्रवृती वितरण  गरेकाे छ ।

आसन्न चाडपर्वहरुको उपलक्षमा शुभकामना  आदान प्रदानसँगै छात्रवृति वितरण गरिएकाे हाे ।

बराह  नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  पूर्व प्रनामनि उत्तमकुमार कार्कीले आफ्ना प्रात: स्मरणीय मातापिताको स्मरणमा स्थापित रु१ लाख एक हजार एक सय एघाह्र बाट रु १० हजार प्रति बर्ष वितरण गर्ने गरी" श्री कर्ण-दिर्घ छात्रवृति"  वितरण गर्नु भएकाे छ ।, पूर्व प्रनानिले स्थापित गरेको रु ५० हजारको कोषबाट प्रति वर्ष रु ५ हजारको दरले वितरण गर्ने गरि "झमक स्मृति छात्रवृत्ति" र प्रतिष्ठान कै कोषबाट स्थापित छात्रवृत्ति क्रमश  ५ हजारको गरि तीनवटा छात्रवृत्ति तीीनजना विपन्न परिवारका छात्रछात्राहरुलाई वितरण गरिएकाे छ । उक्त छात्रवृति  दिपिका कार्की, संझना कार्की र अरूण कार्कीलाई वितरण गरिएकाे थियाे ।

यो प्रतिष्ठान नेपालमा रहेका विभिन्न संस्कृति, रितिरिवाज र परम्पराको जगेर्ना गर्ने, परासर गोत्रिय बन्धहरुमा एकताको भावना जगेर्ना गर्नुका साथै विपन्न परिवारका सदस्यहरुको शेैक्षिक र स्वास्थ्य अबस्थामा अभिबृध्दि गरि उनिहरुको जिवनस्तर उकास्नु र अन्ततोगत्वा सम्पूर्ण समाज कै जीवनस्तर ऊकास्न टेवा पुर्याउनु रहेको  प्रतिष्ठानले जनाएकाे छ ।