उद्धव श्रेष्ठ 'मकैं'    धरानमा कुनै नौलो नाम होइन । धरानका रैथाने श्रेष्ठ बुबा कर्णबहादुर श्रेष्ठको प्रभावले राजनीतिमा उदाउनु भएको हो । धरानमा कम्युनिष्ट पार्टी स्थापनाको नाम लिदा  पुष्पलाल, मनमोहन अधिकारी, सोमबहादुर डङगोल, पदमसिंह श्रेष्ठको नाम आउदा स्व. कर्णबहादुर श्रेष्ठको नाम छुटाउन मिल्दैंन । कम्युनिष्ट आन्दोलनका अगुवा बुबाको प्रेरणाले उहाँ सानै उमेरदेखि राजनीतिमा पनि पच्छाउदैं आउनु भएको थियो ।
२०१६ सालमा धरान –१ मा जन्मनु भएका श्रेष्ठ हुने विरुवाको चिल्लोपात भनेझै सानै देखि तृक्ष्ण वुद्धिका हुनुहुन्थ्यो । उहाँले धरान–१६ को भगवती पञ्चायत निमाविबाट शैक्षिक यात्रा शुरु गर्नु भएको थियो । धरानको निकेतन स्कुल हुदैं २०३३ सालमा पब्लिक हाइस्कुल धरान–१२ बाट एसएलसी गर्नु भएको थियो । स्नातकसम्मको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस धरानबाट गरेर २०४३ सालमा किर्तिपुर बहुमुखी क्याम्पस काठमाडौंबाट राजनीतिशास्त्रमा स्नाकोत्तर गर्नु भएको थियो । २०४९ सालमा भरखरबाट समाजशास्त्रमा स्नाकोत्तर थपेर धरानको शैक्षिक आन्दोलनमा होमिनु भएको थियो ।
राजनीतिमा श्रेष्ठ
२०३६ सालको विद्यार्थी आन्दोलन हुँदा उहाँ महेन्द्र क्याम्पस धरानमा अध्ययनरत हुनुहुन्थ्यो । त्यही बेला अनेरास्ववियुमा सहभागी भएर काम गर्नु भयो । त्यस पछि उहाँ अध्ययनको शिलसिलामा किर्तिपुर बहुमुखी क्याम्पस काठमाडौं पुग्नु भयो । त्यहाँ पनि उहाँ अनेरास्ववियुमा रहेर विदार्र्थी राजनीतिमा क्रियाशिल हुनु भयो । २०४८ साल पछि उहाँ धरानमा एमालेबाट पार्टी राजनीतिमा सकृय भएर लाग्नु भएको थियो । राजनीतिक सुझबुझ र सकृयताले उहाँ २०४३ सालमा धरान वडा नं. १ का वडाध्यक्ष पदमा निर्वाचित भई काम पनि गर्नु भयो । जनप्रतिनीधिको रुपमा उहाँले आफुलाई चिनाउनु भयो ।
एहा नेपाले निकट नेपाल बुद्धिजीवि परिषद् विभागका क्षेत्र नं. १ को संयोजकको जिम्मेवारी पनि पाउनु भयो । करिव १५ बर्ष वडा नं. १ को इञ्चार्जको रुपमा काम गरेर राजनीतिमा झन खारिनु भयो । नेपाल बुद्धिजििव परिषद्को जिल्ला कोषाध्यक्ष भएर पनि काम गर्नु भयो । नेकपा एमालेको जिल्ला कमिटीमा रहेर पनि लामो समय काम गर्नु भयो ।
सामाजिक संघ संस्थामा श्रेष्ठ
राजनीति सँगसँगैं उहाँले सामाजिक संघ संस्थाहरुमासमेत आवद्ध भएर लामो समय काम गर्नु भयो । उपभोक्ता हित संरक्षण मञ्चको उहाँ अध्यक्ष भएर काम गरिरहनु भएको छ । उहाँ लक्ष्मी वाचानालय धरानको अध्यक्ष भएर पनि काम गर्नु भयो । २०७२ सालमा नेवार एकता समाज धरानको प्रमख सल्लाहाकार हुनु भएको थियो । यस्तै नेवा दे दवुको नगर सल्लाहाकार हुदैं हाल जिल्ला सल्लाहाकारको रुपमा काम गरिरहनु भएको छ । उहाँ धरानका अन्य समाजिक काम तथा संघ संस्थाको गतिविधीमा निरन्तर लागिरहनु भएको छ ।
शैक्षिक पेशामा श्रेष्ठ
उहाँसँग लामो समयको प्रध्यापन पेसाको अनुभव छ । २०४३ सालदेखि २०६६ सालसम्म सुनसरी बुहमुखी क्याम्पस इनरवामा प्रध्यापन गर्नु भयो । इन्जीनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानमा २०४८ सालदेखि २०६८ सालसम्म सामाजिक विज्ञान र इन्जीनियरिङ समाजशात्र विषयमा प्रध्यापन गर्नु भयो । सुनसरी टेक्निकल कलेज धरानमा २०५७ सालदेखि २०७८ सालसम्म प्रध्यापन गर्नु भयो । हाल पनि उहाँ महेन्द्र बहुमुखी क्याम्पस धरानमा राजनीतिकशास्त्रका विए र एमएका विद्यार्थीहरुलाई अध्यपन गराइरहनु भएको छ ।
एमालेले राजनीतिक सिद्धान्त र विचार छाडे पछि श्रेष्ठको दल परिवर्तन
कम्युनिष्ट आन्दोलनमा अनवरत लाग्नु भएका श्रेष्ठ पछिल्लो समय नेकपा एमालेले आफ्नो नीति सिद्धान्त र विचारलाई छाडेर स्वार्थको राजनीतिक गर्न थाले पछि उहाँलाई निको लागेको थिएन् । सार्वजनिक फोरमहरुमा यस विषयमा उहाँले आवाज उठाइरहुन भएको थियो । नीति र सिद्धान्तमा रहेर काम नगर्ने हो भने कम्युनिष्ट हुनुको कुनै अर्थ छैन भनेर नेतृत्वलाई उहाँले खवरदारी गरिरहनु भएको थियो । तर उहाँको आवाज पार्टीले सुनेन । अन्तत उहाँले दल नै परिवर्तन गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको विचारमा उहाँ प्रभावित हुनु भयो । धरानका राजनीतिक योजनाकार लक्ष्मण बस्नेतको सहयोगमा उहाँ लिङदेनसँग भेट गरि पार्टीमा प्रवेश गर्नु भयो । उहाँको राजनीतिक सोच र सुझबुझ देखेर पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा प्रदेश सभा क बाट टिकट दिएको छ । एमाले पृष्ठभूमीका श्रेष्ठ यति बेला राप्रपाबाट उम्मेदवार भएर मैदानमा उत्रनु भएको छ ।
राप्रपाबाट श्रेष्ठको उम्मेदवारी किन ?
धराने जनताको सुविधाका लागि बारम्बार धराने जनताले नै आग्रह गरेपछि अष्ट्रेलियाको बसाइ छोट्याएर उहाँ भरखरै नेपाल आउनु भएको थियो । राप्रपाले पार्टी क्षेत्र नं। १ –क) बाट टिकट दिए पछि उहाँ मैदानमा होमिनु भएको छ ।
जनताको आवश्यकतालाई परिपूर्ति गर्न उहाँको उम्मेदवारी हो । मुलुकमा विकृति, विसङ्गति बढेर गयो । नेपाललाई गणतान्त्रिक मुलुक भनिन्छ, यस्तो मुलुकमा एमसीसीजस्तो घातक सन्धिको विरोध गर्न बन्देज गरियो । विरोध गर्नेलाई धरपकड गरियो, लाठी प्रहार गरियो, यातना दिइयो । यो प्रजातान्त्रिक मुलुकको सैद्धान्तिक रूप होइन । प्रजातन्त्रमा बोल्न, लेख्न र आफ्नो विचार प्रकट गर्न स्वतन्त्र हुनुपर्छ । गलतलाई गलत भन्न दिनुपर्छ । तर, लोकतान्त्रिक मुलुकमा  अभ्यासमा चलेको मुलुकमा एमसीसीको विरोध गर्नेलाई प्रधानमन्त्रीले पक्रेर जेल हाल भन्नुहुन्छ, यो विकृतिको पराकाष्ठा हो । नेपालमा आमाको पुत्रका रूपमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे पछि उहाँ त्यतै प्रभावित हुनु भएको उहाँको भनाई छ ।
श्रेष्ठका जीत्ने आधारहरु
विगतका प्रतिनिधीहरुको गत रवैयाका कारण धरान खण्डहर बनाए । सुन्दर शहर धरानलाई उनीहरुले कुरुप बनाए । धरानबाट १३ वटा सरकारी कार्यालयहरु अन्यत्र सारिए । त्यस बेला यहाँका ठूला दलका नेता चुइसम्म बोल्न सकेनन् । नयाँ साना शहरहरु यति बेला सम्पन्न भएका छन् । भरखर शहरिकरण भएको इटहरीको आर्थिक सामाजिक अवस्था कहाँ पुगिसक्यो तर धरान पुरानै ढर्रामा छ । हुँदाहुँदा सुन्दरहरैचा, गोठगाउँजस्ता साना शहरहरुले धरानलाई जित्न लागेको अवस्था छ । धरानलाई सुशी सम्पन्न शहर बनाउन आफ्नो उम्मेदारी कायम गरेको उहाँको भनाई छ । प्रदेश सभामा राजनीतिक भेडावाख्रा मात्र होइन बौद्धिक व्यक्तिहरुको प्रवेश हुनु पर्छ र धरानका हरेक विषय र जनताका सरोकारका विषयमा उठान गर्नुपर्छ भनेर प्रदेश सभा प्रवेशका लागि उम्मेदवारी दिएको उहाँको भनाई छ ।
अहिलेको माग राष्ट्र जोगाउने र सही दिशामा लाने हो भने राप्रपा विकल्प हो भन्ने उहाँको ठम्वाई छ । ‘नेपालका सबै क्षेत्रका राष्ट्रप्रेमीहरू जुर्मुराएका छन् । म धरानको पुत्र पनि भएकाले धराने जनताले मलाई जिताउनेछन् ।’–उहाँले भन्नु भयो –‘धरानसँग नजिकको सम्बन्ध भएकाले धरानको विकासका लागि आत्तिएर अष्टे«लियादेखि आएको हुँ । मलाई बुद्धिजीवीदेखि मजदुरवर्गसम्म सबैको साथ भएकाले विजय सुनिश्चित छ ।’
नेताहरूले धरानलाई विकट बनाएको उहाँको बुझाई छ ।  धरान नगर हुनुभन्दा २० वर्षपछि नगर बनेको इटहरी महानगर बन्ने तरखरमा छ । धरान उपमहानगरदेखि नगरपालिकामा झर्ने अवस्थामा छ । इटहरीले धरानलाई उछिन्यो । अब गोठगाउँ र विराटचोकले पनि उछिन्ने अवस्था नल्याउनका लागि उम्मेदवारी दिएको उहाँले बताउनु भयो । धरान–२०, ४, ५ र ६ लाई वैज्ञानिक कृषिक्षेत्र घोषणा गरेर बेरोजगार नागरिकलाई रोजगार दिई उत्पादन बढाउने मान्यता रहेको छ । श्रमिकहरूलाई तालिमको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।
एमालेप्रति वितृष्णा
श्रेष्ठ जन्मजात कम्युनिष्ट थिए । उहाँका बुबा कट्टर कम्युनिष्ट हुनुहुन्थ्यो । उहाँ पनि कम्युनिष्ट विचारधाराबाट ओतप्रोत भएको व्यक्ति हो । बुबाको मृत्युपछि उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइयोस् भन्ने इच्छा थियो । बुबाको देहावसान भएपछि पार्टीलाई जानकारी पनि गराएका थिए ।  तर ३ घण्टासम्म पार्टीका नेताहरुलाई पर्खदासमेत नआएको उहाँले तितो अनुभव सुनाउनु भयो । त्यहीँबाट पार्टीप्रति वितृष्णा जाग्दै आएको थियो । राजनीतिमा जे गरेपनि पार्र्टी  कार्यकर्ता भएपछि जे गरे पनि कारबाही भएन । ७० करोडसम्म भ्रष्टाचार हुँदा पनि पार्टीका नेतालाई कारबाही भएन । नेकपा (एमाले) राष्ट्रप्रति चिन्तित भएको पार्टी सोचेका उहाँले त्यस्ता नपाए पछि पार्टीप्रति वितृष्णा जागेर राप्रपामा प्रवेश गरेको उहाँको भनाई छ ।

udhab sth1