विराटनगर । सिराहका एक युवकलाई अपहरण गरेर विराटनगर ल्याई हत्या गरिएको छ । विराटनगर बसपार्कको एक होटेलमा १८ वर्षे युवाको तीन पछि अपहरणकारलिे हत्या गरेको प्रहरीले जनाएको छ ।
सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदालाई फिरौतीका लागि अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा राखिुननएको थियो । अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उहाँको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिनु भएको छ ।

सामान्य किसान परिवारका सदाका परिवार निम्न आर्थिक थियो । उहाँका परिवारले फिरौती बुझाउन नसके पछि पोलखुल्ने डरले हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ । इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङ भित्र हालेर अपहरणकारी भाग्ने योजना बनाएका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।