धरान । नेकपा एमाले र जनता समाजवादी पामर्टी(जसपा)को सयुक्त गठबन्धनले सुनसरी क्षेत्र नं. १ को उम्मेदवारी सार्वजनिक गरेको छ । शुक्रबार धरानमा पत्रकार सम्मेलन गरि आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको हो ।

 सयुक्त मुल निर्वाचन परिचालन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा सुनसरी १ तथा देश भर भएको सहकार्यको बारेमा प्रष्ट पारिएको थियो । कार्यक्रममा राष्ट्रिय आवश्यकताले नेकपा एमाले र जसपाको सहकार्यको जन्म भएको जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार अशोक राईले बताउनुभएको छ ।

दुई पार्टीको चुनावी तालमेल पश्चात संयुक्त रुपमा धरानमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता राईले सत्ता गठबन्धनबाट देशको समृद्धि र राष्ट्रियताको रक्षा नहुने भएको कारणले नै नेकपा एमाले र जसपाको सहकार्यको जन्म भएको उहाँले प्रष्टाउनु भयो । जसपा सम्मिलित केपी ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सार्थकता दिनकोलागी सहकार्य भएको उहाँको भनाई थियो । ‘यो सहकार्य निर्वाचन पश्चापत पनि निरन्तर रहने छ । मुलुकको हितकालागी दुई पार्टीको सहकार्य अनिवार्य भएकोले हामी सहकार्य गरेर अगाडी बढेका छौं । दुवै पार्टीका नेता कार्यकर्ताहरु तथा सुनसरी क्षेत्र नं. १ का मतदाताहरु भ्रम नपर्नसमेत म अनुरोध गर्दछु ।’–नेता राईले भन्नु भयो । 

    सुनसरीको निर्वाचन क्षेत्र नं। १ लाई संघिय सरकारसँग प्रत्यक्ष जोड्ने काम गर्ने र धरान, बराक्षेत्र र रामधुनीलाई धार्मिक पर्यटकिय सर्किटका रुपमा विकास गर्न संघ र प्रदेशबाट पहल गर्ने उम्मेदवारहरुले प्रतिवद्धता जनाृउनु भएको छ । नेकपा एमालेले सधै जितिरहेको क्षेत्रमा उम्मेदवार हुन किन आउनुप¥यो भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता राईले नेकपा एमाले र जसपाको सहमतीका आधारमा आफु उम्मेदवार बनेको बताउनुभयो । उहाँले आफु २०७४ सालको निर्वाचनमा पराजित भए पश्चात पनि निरन्तर धरानमा रहेर विभिन्न सामाजिक काम, राजनीतिक काम तथा संघ संस्थाका गतिविधिमा संलग्न भएको बताउनु भयो । 

पत्रकार सम्मेलनमा निर्वाचन परिचालन कमिटीका संयोजक मीनकुमार सुब्बाले सुनसरी क्षेत्र नं. १ प्रतिनिधी सभामा अशोक राई र प्रदेश सभा कबाट रमेश बस्नेत र ख बाट विजय राई उ्रम्मेद्वार बन्नु भएको जानकारी गराउदैं उहाँहरुलाई विजयी गराउन मतदाताहरुलाई अनुरोध गर्नु भयो । निर्वाचन परिचालन कमिटीका सचिव ताजुक लिम्बुले एमाले र जसपाको सहकार्यले सुनसरी १ को विकास सम्भव हुने बताउनु भएको थियो ।  कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीलगायत जसपाका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।