धरान  / शनिबार असोज २९ गते धरानको पब्लिक हाईस्कुल मैदानमा चर्चित गायक गायिकाहरुको सहभागीतामा सांगितीक कार्यक्रम मेलोडी कन्सर्ट २०२२ आयोजना हुने भएको छ ।                                             

अहिलेकी ब्यस्त गायिका मेलिना राईसँगै धरानबाट उदाएका  चर्चित गायक डिल्ली फोम्बो, चर्चित गायिका सुनिता थेगिम, धरानको ब्यान्ड तपस्वी ब्याण्डसंगै भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।  

कम्मरमाथि पटुकी, कुटुमा कुटु, शिरैमा शिरबन्दी, असारे महिना, के गुलियो छ र सक्खर चिनी, तिमीले बाटो फेर्यौ अरे, नाच फिरिरी, जेल पनि सहुँला, कसरी (कसरी जस्ता सयौं हिट गीतहरु गाएर नेपाली संगीत क्षेत्रमा राज गर्न सफल गायिका मेलिना राई लामो समयपछि धरानको कन्सर्टमा उपस्थित हुनुहुदैंछ । 

‘धरानको कार्यक्रममा गाउँदा बेग्लै मज्जा आउँछ’–उहाँले भन्नु भयो ।  डिल्ली फोम्बोको ‘तिम्रो लागि, माईली, तिम्रो सुन्दरता, माया कस्तो हो यो माया, म माया लाउँदिन, आउँछु म भनेर लोकप्रिय छन् । देश विदेशका कार्यक्रमहरुमा व्यस्त रहेपनि आफ्नो शहरमा चाहिँ उहाँ कोभिडपछिको पहिलो आउटडोर कन्सर्टमा उत्रनुहुदैं छ । उहाँलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ दिने छ ।  त्यस्तै बिनायो कंगकंग बोलको चर्चित लोकगीत संगै बाबरी चलचित्रको गीत ‘चुलबुल चुलबुल’ गीतकी चर्चित गायिका सुनिता थेगिम धरानको कन्सर्टमा पहिलो पल्ट आफ्नो प्रस्तुति दिदैहुनुहुन्छ । चर्चित पप गायक एकदेव लिम्बुकी प्रतिभाशाली बहिनि सुनिताको स्वरमा एकदेवको लोकप्रिय गीतहरु ‘आँखामा आउने सपनी र तिम्रो मुटु पनि’ उतिक्कै लोकप्रिय रहेका छन्। अहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बु समेत पहिलोपल्ट धरानको भब्य कन्सर्टमा चर्चित कलाकारहरु संग स्टेज शेयर गर्न पाउँदा एकदमै उत्साहित छिन् । कोच राजेश पायल राईको टिममा रहेकी सबिनाले राजेश पायल राई संग भोइस अफ नेपाल–४ को ब्लाइन्ड अडिशनमा गाएको  ‘आजभोली तिमीले’ सोसल मिडियाहरुमा भाइरल भएको छ।