विराटनगर । मोरङ क्षेत्र नम्बर ५ एमालेले जसपालाई दिएपछि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवार दिनु भएकाे छ ।

अन्तिम समयमा टिकट खाेसिए पछि पार्टी छाड्नु भएकाे हाे ।एमालेले उम्मेदवार बनाउने आश्वासन दिएपछि मण्डल चुनावी अभियानमा लाग्नु भएकाे थियाे । एमालेले जसपासँग गठबन्धन गरेपछि यो क्षेत्रमा जसपा मोरङका अध्यक्ष राजकुमार यादवले टिकट पाउनु भएकाे छ ।मण्डलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दर्ता गराउनु भएकाे छ । जीवन विकासका अध्यक्षसमेत रहेका मण्डल एमालेबाट उम्मेदवार बन्न लगातार पार्टी प्रवेश अभियानमा लागेका थिए ।सत्ता गठबन्धनबाट यो क्षेत्रमा माओवादीका शिवकुमार मण्डलले टिकट पाउनु भएकाे छ ।