धरान / नेपालका सात प्रदेशमध्ये प्रदेश १ मा संसारकै अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना कवलसम्म पर्दछन् । अग्लो स्थानदेखि होचो स्थानसम्म पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूको विकास गर्न सके समृद्ध प्रदेश निर्माण गर्न सकिने सरोकारवालाको भनाई छ ।
सन १९५० को दशकपछि नेपाल पर्वतारोहणका लागि विश्वभरका लागि मुख्य गन्तव्य बन्यो । पर्वतारोहणका साथै साहसिक पर्यटनका लागि पनि नेपाल चिनिँयो । पर्वतारोहण र धार्मिक सम्भावना अलिक बढि प्रदेश नं. १ मा देखिएको छ ।
८ हजार मिटर भन्दा उच्च ५ वटा हिमालयहरु यही प्रदेशमा रहेका छन् । पाँच हजार मिटर भन्दा उच्च ३५ वटा हिमालयहरु यस प्रदेशमा छन । यी हिमालयहरुमध्ये कतिपय हिमालयहरु पर्वतारोहीहरुका मुख्य आकर्षण बनेका छन् । यहाँका तीन वटा आधार शिविर, सगरमाथा, कञ्चनजंगा र मकालु आधार शिविर ट्रेकिङका लागि उत्कृष्ट गन्तव्यका रुपमा परिचितन् ।
पर्वतारोहण र ट्रेकिङसँगै प्रदेश १ धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको प्रदेश हो । सही ढंगले बजार व्यवस्थापन र सम्भाव्य तीर्थालुहरूलाई आकर्षित गर्नका लागि उचित कार्ययोजना भए प्रदेश एक धार्मिक पर्यटनको उत्तम गन्तव्य भएको सरोकारवालाहरूले बताएका छन् ।
यस्ता छन् प्रदेश १ का गन्तव्यहरु
मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाको केचनाकलन, जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृङ्खला क्षेत्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, बराह क्षेत्र, विजयपुर क्षेत्र, रामधुनी, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, आमचोकको साकेन्वा उद्गम स्थल, थामडाँडा तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा,ल््होत्से र चोयु हिमाल, खोटाङका बराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधामजस्ता पर्यटन क्षेत्र प्रचूर सम्भावना बोकेका क्षेत्र छन् ।
धार्मिक पर्यटकीय क्षेत्र
प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी, सुनसरीको बराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरी, दन्तकाली, उदयपुरको रौता पोखरी, खोटाङको बराहपोखरी, धनकुटाको छिन्ताङदेवी, मोरङको सुनवर्षी, झापाको कन्काई धाम, शिवसताक्षी जस्ता धार्मिक पर्यटन क्षेत्र पर्छन् । तराई, भित्री तराई, महाभातर हुँदै हिमाली क्षेत्रले भरिपुर्ण प्रदेश हो ।
पाराग्लाइडिङ र ¥याप्टिङ
नेपालमा पोखरामा मात्रै प्याराग्लाइडिङ सेवा सञ्चालनमा थियो । प्याराग्लाइडिङ धरान र बेलका नगरपालिकामा पनि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । उदयपुरको मेनामैनीमा प्याराग्लाडिङको स्कुलसमेत संचालनमा आएको छ । भोटेकोशीपछि ¥याफ्टिङको लागि राम्रो नदीको रुपमा पूर्वको तमोरलाई मानिन्छ । तमोरसँगै सुनकोशी र अरुण पनि अन्य राम्रा ¥याफ्टिङ नदीहरुमा पर्छन ।
केवलकार संचालन
फुङ्गलिङ्ग–पाथिभरा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहक्षेत्र–सूूर्यकुण्ड, फाप्लु–लुक्ला,नाम्चे–सगरमाथा वेसक्याम्प, वाह्रविसे–सभापोखरी, केरावारी–जेफाले, अन्तुडाँडा– मंगलवारे, माइपोखरीलगायतका अन्य संभाव्य स्थानहरुमा केवलकार तथा चतरा किमाथांका र चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरे थियो । त्यसैगरी इलामको सन्दकपुर र पाँचथरको राँकेवाट कञ्चनजंगा वेसक्याम्पसम्म र चतरा वराहक्षेत्र भोजपुरको हतुवागढी किराँत दरवार संखामचुली टयाम्के मँयुहाँ सभापोखरी साल्पासिलिचुङ्ग हुदै सगरमाथा र मकालु वेसक्याम्पसम्मको सर्किटलाई पर्यटकीय पदमार्गकोरुपमा विकास गर्न प्रदेश सरकारले योजना बनाएको छ ।
चियाको राजधानी
चियाको राजधानी इलाम सूूर्योदय नगरपालिकालाई चियाको राजधानी घोषण गनेृ गरि आवश्यक पूर्वाधरा तयार गर्ने प्रदेश सरकारले योजना बनाएको छ ।
होलट र व्यवस्थित सडक अभाव
होटल व्यवसायी महासंघ नेपालले प्रदेश १ पर्यटकको लागि सेवा गर्न सक्ने एकसय बेड सम्म भएका मझौला प्रकारका होटल १४ जिल्लामा सात आठ सय मात्र छन । जसले पर्यटकको बस्ने दिन लम्ब्याउन सकेका छैन् । होटल मात्र नभएर पर्यटकीय गन्तव्य स्थलसम्म पुग्न पनि व्यवस्थित सडक पनि छैन । देशका सात प्रदेशमध्ये एक नम्वर प्रदेशमा थोरै दिन मात्र पर्यटक बस्ने गरेका छन् । सुनसरीको बराहक्षेत्र पुग्ने ४ किमी सडक पिच बन्न सकेको छैन् । धनकुटाको छिन्ताङ पुग्ने हिलेबाट २२ किमि सडकको हालत पनि उस्तै छ । महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तवइमा पुग्ने सडकको पस्र्वाधार विकासमा सरकार चुकेको छ ।
स्टार होटलको अभाव
प्रदेशमा स्टार लेवलका सुविधा सम्पन्न होटल ३ वटा मात्र छन । त्यो पनि विराटनगरमा केन्द्रीत छन् ।
उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री जगशिदप्रसाद कुसियैतले सातप्रदेशको भन्दा फरक, नयाँपन दिने पर्यटन क्षेत्रमा आमुल परिवर्तन हुने गरी नीति तथा कार्यक्रममा ल््याइएका योजना कार्यन्वय गर्ने बताएका छन् ।
पर्यटकको एकिन तथ्याङ्क छैन्
पर्यटन सम्बन्धि जोडिएका विभिन्न विकास समिति र संरक्षण समिति छन । सवैबाट संकलन गरेर एक नम्वर प्रदेशमा यति हजार आए भन्न सकिन ेवातावरण बनाइरहेको उनको भनाइ छ । प्रदेश १ का विभिन्न पर्यटकीय गनतव्यमा कति पर्यटक भित्रिन्छन भन्ने जम्मा संख्या कतै पाईदैन । ‘सोलुखम्बुमा पनि पर्यटकको संख्या ‘अनुमानित भन्नुपर्दा ५÷६ लाख पर्यटन आँउछन ।
गर्नु पर्ने काम
पूर्वको पाथीभरा, हलेसीदेखि छिन्ताङ भोजपुरको साल्पा पोखरीसम्मका विभिन्न भू–भागमा रहेका मठ–मन्दिरहरूमा जान चाहनेको संख्या अत्यधिक छ । तर, त्यहाँसम्म पुग्ने बाटो भने सजिलो छैन । धर्मले पूर्वको पर्यटनलाई जोड्न सकिन्छ । तर, सरकारले पूर्वाधारमा लगानी बढाउपर्ने हुन्छ ।
नेपालले अबको पर्यटन व्यवसायलाई धार्मिक पर्यटनतर्फ केन्द्रित गर्नु जरुरी हुन्छ । भारतबाट मात्र नेपालका हिन्दू धार्मिक तीर्थस्थलमा बर्सेनि लाखौंको संख्यामा पर्यटकहरू आइरहेका छन । तर, अहिलेसम्म पशुपतिसहित काठमाडौंका अन्य तीर्थस्थल र उपत्यकाबाहिरका जनकपुरलगायत केही सीमित स्थानमा मात्र उनीहरूको धार्मिक यात्रा सीमित छ । दायरा बढाउन पूर्वाधार विकाससँगैसँगै पूर्वका धार्मिक क्षेत्रको प्रचार आवश्यक भएको छ । भोजपुरको आमचोकमा विश्वका राईहरुको सबैभन्दा पुरानो साकेन्वा थान छ । त्यसलाई प्रचार प्रसार गरेर त्यहाँसम्म पुग्ने सजिलो बाटो बनाउन सरकारले सकेको छैन् ।
पूर्वको पाथीभरा, चतराधाम, हलेसीजस्ता क्षेत्रमा भारतीय पर्यटकको निकै आकर्षण पाइन्छ । प्रायः मठ–मन्दिरहरू दुर्गम क्षेत्रमा रहेकाले यसको प्रवद्र्धनका लागि लगानी बढी नै भए पनि प्रतिफलका हिसाबले आकर्षक मान्न सकिन्छ । भोजपुर, खोटाङ, ओखलढुङगा, संखुवासभालगायत जिल्लामा एतिहासिक मठमन्दिरहरु प्रसस्त छन् । यि क्षेत्रको प््रचार प्रसार गरेर यहाँसम्म पर्यटक लैजाने काम भएको छैन् । यसका लागि प्रदेश सरकार तथा स्थानीय तहको सहकार्य गरेर पर्यटन प्रवद्धन गर्न सकिने सम्भावना धेरै रहेका छन् ।