धरान  / रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरु चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैँको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको रौनकता छाएको छ । 

चाडपर्वमा बिदा पाउने भएपछि दसैँमा घर फर्किनेको सङ्ख्या उल्लेख्य छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूरलगतयत दसैँमा घर फर्किन्छन् । राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने भएकाले पनि दसैँमा गाउँ फर्किनको सङ्ख्या उल्लेख्य हुन्छ । दसैँमा मान्यजनबाट टीका जमरा ग्रहण गरी आशिर्वाद लिन गाउँ फर्किने गरेका छनन् । 

दसैँको बेला सहर सुनसान छन्, गाउँमा रमाइलो छ । अरु बेलाभन्दा दसैँमा घर फर्किनु अनिर्वाय जस्तै भइसकेको छ, यो बेला गाउँमा उल्लास छाउँछ । तराइमा बसोबास गर्ने अधिकांश व्यक्ति पहाड उक्लिने गरेका छन् । पहाडबाट तराइमा बसाइ सर्नेहरु कुल पुजा गर्न हरेक वर्ष दसैँमा जन्मथलो फर्किन्छन् । यसले पनि दसैँको बेला सहर सुनसान हुन्छन् ।

कतै खेलकुद प्रतियोगिता त कतै गीत सङ्गीतले गाउँ गुञ्जायमान छन् । रोजगारी र पढ्न गएकाहरु फर्किए पछि गाउँको माहोल रमाइलो बनेको छ । कतिपय गाउँमा मठ मन्दिरमा सामुहिकरुपमा जमरा राख्ने चलन छ । एकै पटक भेला हुँदा गाउँमा रौनकता छाएको छ ।  लामो सयमदेखि नभएको भेट दशैमा जुर्ने गरेको छ । आफन्त इष्टमित्रसँग भेटभाट भलाकुसाी दशैको अवसरले जुर्ने गर्छ ।  घटस्थापनादेखि दसैँसम्म गाउँका मन्दिरमा हुने पूजा र जात्राले रौनक बेग्लै हुने गरेको छ । 

२०७९ सालको दशैं टिका असोज १९ गते - Tulsipur Online