धरान / सुनसरीका नेकपा एमालेका प्रभावशाली नेता एवं इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गर्नु भएको छ ।  

आगामी मंसिर ४ गतेको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं २(क) बाट उनी प्रदेशसभा सदस्यको उम्मेद्वारका आकांक्षी भए पनि पार्टीले वेवास्ता गदैं पार्टीलाई नीजी कम्पनि बनाइएको भन्दैं उहाँले पार्टी छाडुनु भएको हो । 

आइतबार काठमाडौंमा आमोवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा औपचारिक रुपमा माओवादी केन्द्र प्रवेश गर्नु भएको हो । अध्यक्ष दाहालले उहाँलाई स्वागत गनुृ भएको छ । माओवादी केन्द्रले उहाँलाई उम्मेद्वार बनाउने भएको छ । एमाले सुनसरीको पुर्व अध्यक्षसमेत रहनु भएको चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरीको मेयरमा निवार्चित हुनु भएको थियो । सुनसरी २ नं. क्षेत्रमा उहाँ विशेष गरि थारु समुदायमा निकै बलियो पकड रहेको छ । उहाँ एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । इटहरी उपमहानगरपालिकामा मेयर हुदा भ्रष्टचार विरोधी मेयरको रपमा निकै चर्चासमेत पाउनु भएको थियो । 

उहाँ २०४१ सालदेखि राजनिितमा सक्रिय हुनुहुन्थ्याे । 

No description available.