धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)ले बिहीबार बसेको कार्यपालिका बैठकमा एजेण्डमाथि राय राख्दैं गरेका कार्यपालिका सदस्यलाई  बाहिर निस्कन निर्देशन दिए पछि बैठक विथोलिएको छ । 

सौहर्दपुर्ण वातावरणमा बैठक अघि बढिरहेको बेला आठौँ नम्बरको एजेन्डा धरान –१७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुसाँस्कृतीक पार्क बनाउने विषयमा छलफल अघि बढिरहेको थियो । कार्यपालिका सदस्य अनुप देवानले आफ्नो धारणा राख्दै गर्दा मेयर साम्पाङले रोके पछि बैठक विथोलिएको हो । 

देवानले बहुजातीय संग्रालय धरान–१४ मा बन्दैं गरेको अवस्थामा रहेकोले त्यसलाई सफल बनाउनु पर्ने र अहिले सप्तरंगी पार्कलाई बहुसाँस्कृतीक पार्क बनाउन आवश्यक नरहेको धारणा राख्नु भएको थियो । उहाँले अन्य सदस्यहरुलाई पनि यस मुद्धामा बोल्न अनुरोध गरे पछि मेयर साम्पाङले ‘भोट माग्ने काम’ नगर्नु भनेका थिए । देवानले आफ्नो धारणा राख्ने काम नरोके पछि मेरय साम्पाङ्ले हुकुमस् शैलीमा ‘बाहिर जानु’ भने पछि बैठकमा सहभागी कार्यपािलका सदस्यहरुले बैठकमा आफ्नो धारणा राख्न नपाउने भन्दैं आपति जनाउदैं बैठक स्थल छाडेर बाहिर निस्किएका थिए ।   

मेयर जस्तो व्यक्तिले एउटा कार्यपालिका सदस्यलाई अपमान गरेको भन्दै आफूहरूले बैठक बहिस्कार गरेर बाहिरिएको धरान उपमहानगरपालिकाका प्रवक्ता एंव १७ नं. वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिनु भयो । 

मेयरले सार्वजनिक रूपमा माफी नमागे सम्म अर्को कार्यपालिका बैठकमा उपस्थिति नजनाउने कार्यपालिका सदस्यहरुले जनाएका छन् । कार्यपालिका भनेको एजेण्डा राख्ने र त्यसमा उचित अनुचित एजेण्डा माथि धनिभूत छलफल गरेर जनताका लागि आवश्यक विषय निर्णय गरेर जाने थलो हो । एजेण्डा माथि धारणा राख्ने कार्यपालिका सदस्यहरुको अधिकारको विषय हो । तर मेयर साम्पाङ कार्यपालिका सदस्यहरुलाई आफ्नो धारणा पनि राख्न नदिएर निरङ्कुस हुन खोजेको एक कार्यपालिका सदस्यले बताउनु भयो ।  

कार्यपालिका बैठक सदस्यहरुले बहिस्कार गरेर बाहिरिए पछि अवका दिनमा एकल निर्णय गरेर अघि बढ्ने अभिव्यक्ति दिनु भएको छ । उहाँले तोक आदेशमा अव उपमहानगर चल्ने बताउनु भएको छ । आफ्नो अधिकारिक फेसबुक पेजमा लेख्नु भएको छ–‘आइन्दा एकल निर्णय गरेर बढ्ने छु । झ्यास झुसमा अल्झेर हुदैंन मैले । तोक आदेश जिन्दाबाद ।’