धरान /  बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी  प्रमिला कोइराला के केही न केही व्यवसाय गर्नु पर्छ भन्ने सोच्नुहुन्थ्यो । घरमा सामान्य कुखुरा परेवा, हाँस पाल्नु पनि भएको थियो । १० बर्ष अघि उहाँको गोठमा १/२ वटा ब्राखा, एउटा गाई थियो । २०/२५ वटा गोठमा बाख्रा हुन् । गोठमा २/४ वटा भैसी, गाई होस् । कुखुरा परेवा त्यस्तै होस् भन्ने उहाँको मनमा आउने गरेको थियो ।  तर उहाँसँग यतिका काम गर्न लगानी गर्न हैसियत थिएन । श्रीमान् नविन कोइराला सशस्त्रमा जागिरे हुनुहुन्थ्यो । उहाँको कमाईले छोरा छोरी पढाउन र घर खर्च टार्न धौधौ थियो । 

२०६८ सालमा गाउँमा महुली लघु वृत्त वित्तीय संस्था लिमिटेटले विना धितोमा ऋण लगानी गर्न प्रकाशपुर आएको खवर थाहा पाउनुभयो । संस्थाको सम्पर्कमा पुग्नु भयो । गाउँमा एउटा समुह बन्यो । उहाँले संस्थाबाट २० हजार ऋण लिनु भयो ।  ६ वटा ब्राखा खोरमा भित्राउनु भयो । बाख्राले आम्दानी बढाउदैं लग्यो । संस्थाले पनि उहाँलाई विश्वास गदैं गयो । उहाले लिएको ऋण बाख्रा बेचेर तिदैं जानु भयो ।  फेरी ३० हजार ऋण थप्निु भयो । ऋणसँगै गोठमा बाख्रा थपिए । एवं प्रकारले उहाँको व्यवसाय बढ्दैं गयो । १० बर्ष अघि उहाँले देखेको सपना अहिले पुरा भएको उहाँ बताउनु हुन्छ ।

यति बेला उहाँको खोरमा २६ वटा बाख्रा छन् । दुई वटा लैना भैसी, दुईै वटा गाई गोठमा छन् । गाई भैसीको दुघ लिन व्यापारी र गाउँले घर मै आउछन । बाख्राको संख्या बढ्दैं गएको छ । आम्दानी पनि बढेको छ ।  उहाँलाई छोराछोरी पढाउन र घर खर्च टार्न श्रीमानको कमाईको आशा गर्न परेको छैन् । 

संस्थाले उहाँलाई विश्वास गरेको छ । विना धितो तीन लाख ऋण दिएको छ । ९ किस्ता उहाँले बुझाई सक्नु भएको छ । महिनाको नियमित १६ हजार किस्ता बुझाउँनुहुन्छ । ‘आपत विपत जति बेला पनि संस्थाले सहयोग गरेको छ । त्यही भएर मेरो व्यवासय राम्रो भएको छ ।’–कोइरालाले भन्नु भयो । 

उहाँले घरमा कुखुरा, परेवा, हास पनि पाल्नु भएको छ । आम्दानीको श्रोत बढेको छ । उहाँले आफै कमाई गरेर स्थानीय सप्तकोशी बोडिङ स्कुलमा छोरा प्रवेश  र कक्षा ७ मा छोरी सुजतालाई पठाइ राख्नुभएको छ । श्रीमान् सशस्त्र प्रहरीमा पेन्सन पकाएर कुवेदको सेक्युरिटी कम्पनिमा काम गरिरहनु भएको छ । उहाँको पेन्सन र विदेशको कमाई चोखो बचेको छ । उहाँका सासु ससुरालाई पनि सँगैे राख्नु भएको छ ।  महुली लघु वृत्त कार्यक्रम लागु भए पछि आफुमा ठूलो परिवर्तन भएको उहाँको बुभाई छ । उहाँको समुहमा १० जना सदस्हरु छन् । मासिक ३०५ रुपैया समुहमा बचत गदैं आउनु भएको छ । समुहमा हाल १ लाख ८० हजारको पूँजी भएको छ ।  उहाँ जस्तै अन्य सदस्यहरुले पनि संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गदैं आएका छन् । 

धरान उपमहानगरपालिका–१० बस्ने कल्पना घिमिरेले पनि यति बेला धरान–१६ मा मिट हाउस खोल्नु भएको छ । २०६५ सालमा महुली लघुवृत्त वित्तीय संस्थासँग जोडिएकी कल्पना १३ बर्ष अघि संस्थासँग ३० हजार  ऋण लिएर सुनसरीको बराहक्षेत्र–५ बाङ्गेमा कुखुरा फम खोल्नु भएको थियो । कुखुराबाट राम्रो आम्दानी गरि दोश्रो लटमा ७० हजार ऋण पाउनु भयो । कुखुराको खोर बढाउदैं लानु भयो ।  संस्थाले सहयोग पनि गदैं गयो । यति बेला उहाँको गाउँमा कुखुरा फार्म छ । धरानमा मासु पसल खाल्नु भएको छ । संसथाले विना धितो २ लाख ५० हजार पत्याएको छ । प्रत्येक महिनाको २ गते समुहको छलफल हुन्छ । मासिक १८ हजार किस्ता बmुभाउँनुहुन्छ ।  हालसम्म ७ किस्ता तिरीसकेको उहाँले बताउनु भयो । उहाँहरुको ७ जनाको समुह छ । दैनिक बचत गर्ने र संस्थाबाट ऋण लिएर साना व्यवसाय सञ्चालन गदैं आएका छन् । 

उहाँका श्रीमान् बदन विष्ट पनि नेपाल आर्मीमा जागिरे हुनुहुन्छ । हाल मालीमा शान्ति सेना जानु भएको छ । ‘विगतमा श्रीमान्को तलव आशा गरेर बस्नु पथ्र्यो । उहाँले खटाएको पैसाबाट घर चलाउँनु पर्ने बाधयता थियो ।  संस्थाले ऋण पत्याएर व्यवसाय गर्न थाले पनि श्रीमान्को कमाई पर्खनु परेको छैन् ।’– घिमिरेले भन्नु भयो–‘श्रीमान्को तलव बैकमा जम्मा भएको छ । घर राम्रै चलेको छ ।’ उहाँको व्यवसायबाट छोरी एन्जना विष्टलाई धरानको मेरिल्याण्ड बोडिङ स्कुलको कक्षा ९ मा पढाउँदैंहुनुहुन्छ । छोरा एन्युस विष्टलाई कक्षा ४ मा पढाउदैं आउनु भएको छ ।  संस्थाले ऋण दिएर हामीलाई ठूलो गुण लगाएको उहाँ बताउनु हुन्छ । ‘हामीजस्ता धितो केही नभएकालाई संस्थाले पत्याएको छ । संस्थाको सहयोगले हामीले व्यवसाय गर्न पाएका छौं । घर चलाएका छौं ।’–कल्पनाले भन्नु भयो ।  

धरान १० की फुलमाया बनेमले संस्थासँग ऋण लिएर ११ वटा सुगुर पाल्नु भएको छ ।  ५ वटा पाडा र ४ वटा माउ खोरमा छन् । माउ ३० देखि ४० हजारमा विक्रि हुन्छन् । पाठा २ महिना पछि विक्रि गर्न लायक हुन्छन् । दुई महिना अघि संस्थाबाट २ लाख ५० हजार ऋण लिएर उहाँले व्यवसायीक सुगुर पालन शुरु गर्नु भएको हो । मासिक ३ सय बचत गर्नुहुन्छ । संस्थाको किस्ता मासिक १८ हजार तिदें आउँनुभएको छ । उहाँको यही व्यवसायले ४ जनाको परिवार चल्दैं आएको छ । ‘साह्रो गाह्रो परेको वेला कसैको मुख ताक्न पदैंन् । समुहमा १ लाख २० हजार जम्मा भएको छ । आपतकालिन अवस्थामा समुहमा सल्लाह गरेर लिन सकिन्छ ।’–फुलमायाले भन्नु भयो । 

प्रमिला, कल्पना र फुलमाया जस्ता घरमा त्यतिकै बसेर दिन विताउने अन्य महिलाहरुले संस्थाको सहयोगले आयआर्जनको काममा लाग्नु भएको छ । श्रीमान् जागिरे हुँदा श्रीमतिहरु त्यतिकै घरमा बस्ने कुनै काम नगर्ने, श्रीमान्का् कमाईमा रमाउने चलन गाउँघरतिर बढेको छ । तर उहाँहरुभने श्रीमान्को कमाईको् आशा नगरि व्यवसाय गरेर घरचलाउदैं आउनु भएको छ ।  सानातिना व्यवसाय गरेर घर परिवार धान्दैं आएका छन् । सप्तरीको अग्नी कृष्णसवरण– ५ महुलीमा मुख्य कार्यालय रहेको संस्थाले सुनसरीका बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र धरान उपमहानगरपालिकामा कार्यक्रम सञ्चालन गदैं आएको छ । महुली लघुवृत्त वित्तीय संस्थाले हालसम्म ३६ वटा जिल्लामा काम गदैं आएको  संस्थाका कार्यकारी निर्देशक गंगाधर पाण्डेले जानकारी दिनु भयो । संस्थाले ग्रामिण भेगमा समुह बनाउने, बचत गर्ने बानी बसाउने र सामुहिक जवानीमा ऋण प्रवाह गर्ने काम गदैं आएको छ । ५ लाखसम्म विना धितो र १५ लाखसम्म धितो राखेर सामान्य परिवारलाई स्वारोजगार बन्न ऋण लगानी गरिदैं आएको पाण्डेले बताउनु भयो ।  

सुनसरीका ३ स्थानीय तहहरु २ सय ६४ वटा समुहहरु बनेका छन् ।  बराहक्षेत्र नगरपालिका शाखाका प्रमुख चतुरनारायण चौधरीका अनुसार ३ हजार ३ सय ७५ घर परिवा समुहमा आवद्ध छन् । संस्थाले उनीहरुका लागि १७ करोड ६१ लाख लगानी गरेको उहाँको भनाई छ । समुहहरुले मासिक रुपमा  बचत गर्ने र संस्थासँग सामुहिक जमानीमा ऋण लिएर आयआर्जनको काम गदैं आएका छन् । 

क्तिपय वितिय संस्थाहरुले चर्को व्याज लिने र समुहका सदस्यहरु व्याज तिर्न नसकेर ढुवेका घट्ना पनि धेरै छन् । तर अपबाद प्रमिलाहरुले संस्थाबाट लिएको ऋणलाई सही रुपमा सदुपयोग गरेर आत्मनिर्भर भएका छन् ।