धरान  / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ बार्षिकोत्सवको अवसरमा धरान शाखाले बृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ । 

शाखा प्रमुख वेदकुमार खत्रीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गर्नु भएको थियो । 

सन नेपालको आफ्नै कार्यलयमा भएको कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नं. ९ का कार्यवहाक वडाध्यक्ष शरदरत्न पार्थिव रहनु भएको थियो । अस्पतालहरुमा रगत अभाव भइरहेको अवस्थामा सन नेपाललेआफ्नो बार्षिक उत्सवमा रक्तदानको कार्यक्रम गरेर पुन्य काम गरेको कार्यवहाक वडाध्यक्ष पार्थिवले बताउनु भयो । कार्यक्रममा उपशाखा कार्यालय  रामपुर र धनकुटा उपशाखाबाट पनि सहभागि रहनु भएको रामपुर उपशाखा प्रमुख बालकुमार राईले जानकारी दिनु भयो । 

May be an image of 8 people, people standing and indoor