धरान  / प्रदेश १ महिला बास्केटवल खेलाडी छनौट प्रतियोगितामा सुनसरी जिल्ला महिला बास्केटवल टिम प्रदेश १ च्याम्पियन वनेको छ ।

धरान १६ स्थित धरान रंगाशाला कर्भडहलमा विहिवार देखि सुरु भएको छनौट प्रतियोगितामा सुनसरीले मोरङलाई ३८–६ र झापालाई ४५–१० अंकको अन्तरले  दुवै टिमलाई पराजित गर्दै प्रदेश १ च्याम्पियन वनेको हो । यसै गरि धरानसँग पराजित झापाले मोरङलाई  २७–५ अंकले पराजित गर्दै दोस्रो र दुवै खेल पराजित भएका मोरङ तेस्रो भएका छन ।

प्रतियोगिताको पहिलो खेलमा सुनसरीले मोरङलाई  प्रत्येक क्वाटरमा १०–०, १०–०, १०–२ र ८–४ अंकको अन्तरले पराजित गरेका थिए । यसै गरि दोस्रो खेलमा सुनसरीले झापालाई  १८–२, १४–४, ७–२ र ६–२ अंकको अन्तरले पराजित गरेका थिए । तेस्रो खेलमा झापाले मोरङलाई ४–०, ४–०, ९–३ र १०–२ अंकले पराजित गरे । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई  नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, प्रदेश १ बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राई, सुनसरी र झापा बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी र प्रकाश लिङ्गदेनलगायतले मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो । 

छनौट प्रतियोगितावाट प्रदेश १ बास्केटवल टिम छनौट गरिने छ ।  छनौट भएका खेलाडीहरुले यहि असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिनुभयो । यस छनौट प्रतियोगितावाट फुल कोर्टका लागि १२ जना खेलाडी र थ्री वाई थ्रीका लागि ४ जना खेलाडी छनौट गरिनेछ ।

कार्यक्रमको उद्घाटनमा खेल सुरु हुन अघि नेपाल बास्केटवल संघका पुर्व अध्यक्ष दिवंगत लामा टेन्डि शेर्पा प्रति एक मिनट मौनधारण गरि श्रदाण्जली अर्पण गरिएको थियो । कार्यक्रममा सचेत धराने समुहका अध्यक्ष निरज लिम्वु, प्रदेश १ खेलकुद विकास वोर्ड सदस्य रोशनी राई, पूर्व पुर्वाञ्चल वडिविल्डिङ्ग च्याम्पियन हर्कराज लिम्वु, धरान गल्फ क्लव उपाध्यक्ष जितेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।