धरान I आफ्नो दिवंगत आमा इन्द्रमाया परियारको सम्झनामा ब्रिटिश गोर्खा सैनिकमा कार्यरत सुरेश कुमार परियारले धरान-१२ स्थित अपांग पुनर्स्थापना केन्द्रका पुनर्स्थापित अपांगहरुहरुलाई एक छाक खाना खुवाउनु भएकाे छ ।  

गत भदौ १४  गते दिवंगत हुनुभएकी आमा इन्द्रमाया परियारलाई श्रदान्जली अर्पण गर्दै पुनर्स्थापना केन्द्रमा आश्रित २८ जना बालबालिका तथा बृद्ध अनाथ- अपांगहरुलाई खाना खुवाएका सुरेश कुमार परियार यसरी आफ्नो आमाको नाममा आफैले खाना खुवाउन पाउँदा अत्यधिक खुसी  लागेको र भबिस्यमा  पनि आफ्नो बलबुताले भ्याएसम्म सहयोग का हातहरु बढाइरहने बताउनु भयाे । यस्तै स्वच्छ मन भएका दाताहरुको  सहयोगले अपांग पुनर्स्थापना केन्द्र चलिरहेको केन्द्रका अध्यक्ष भिम राईले बताउनु भयो  । सानो भन्दा सानो सहयोग पनि यहाँ आश्रित बालबालिका तथा बृद्ध ,असक्तहरुको लागि ठुलो सहयोग रहेको अध्यक्ष राईले बताउनु भयो  ।