धरान / भदौं २८ गते धरान २० स्थित टोड्केमा एक वृद्धाको हत्या गरि लुटपाट भएको घट्नामा संलगन भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी ८ का १८ बर्षीय निखिल भनिने नकुल राई र सुनरी भोक्राहाका  रञ्जित साहलाई प्रहरीले असोज २ गते पक्राउ गरेको हो । राईले ६४ बर्षीय वृद्धा पूर्णिमाया राईलाई घरमा ७ दिनसम्म रकि गरि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न राईलाई प्रहरीले विराटनगरको रानी क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नकुलले गरगहना लुटपाट गर्न वृद्धाको घरमा ७ दिन सम्म घरको लोकेशन र अवस्था बुझेको प्रहरीले जनाएको छ । नकुलले लुटपाट गरेको गहना भने साहलाई राख्न दिएको खुलेको छ ।  

दुईलाई जिल्ला अदालन सुनसरीबाट मंगलबार म्याद थप गरि थप अनुसनन शुरु गरेको एसपी प्रभु प्रसाद ढकालले जानकारी दिनु भयो । नकुल लागुऔषध प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ । आफुले प्रयोग गर्ने लागुऔषध खरिद गर्न लेटपाट गरेको प्रहरीको प्राराम्भीक अनुसन्धानबाट खुलेको छ । 

यसरी भएको थियो घट्ना 

गत भदौ २९ गते दिउँसो २ बजे धरान–२० विष्णुपादुका टोड्के बस्ने ६४ वर्षीय वृद्धा पुर्णमाया राईको आफ्नै घरमा शव फेला परेको थियो  धारिलो हतियारले घाँटीको पछाडि प्रहार गरी उहाँकोहत्या गरिएको थियो । हत्या पछि उहाँले लगाउनु भएको सुनको सिक्री, दुवै कानको कुण्डल लुटेर नकुल फरार भएका थिए ।  

घटनाबारे ढिलो जानकारी आए पछि प्रहरीले नुसन्धानका लागि तालिम प्राप्त कुकुर, प्रहरी प्रदेश कार्यालय विराटनगर, प्रहरी सङ्घीय इकाई धरान सहित जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली घटनास्थल पुगेको थियो । 

अनुसन्धान पछि प्रहरीलाई गत असोज दुई गते हत्या गर्ने व्यक्ति विराटनगरको रानीमा रहेको पत्ता लगाएको थियो । हत्या गर्न नकुलले एक हप्ता अगाडी देखि नै प्रयास गरेका थिए । नियमित आउदैं जादैं गरेको अनुसन्धानबाट खुलेको छ । नकुलले भदौं २८ गते हत्या गरि घर भित्रै शव राखेर हत्यामा प्रहरयोग गरेको खुकुरीभने पकुव खोलामा फालेका थिए ।  सुनको सिक्री चोरेर भाग्न नकुलले स्थानीयको एउटा साइकल पनि चोरी गरेका थिए । त्यही साइकलबाट भोक्राहा पुगेर रञ्जितलाई सिक्रि लुकाउन दिएको अनुसन्धानबाट खुलेको छ । 

लागुऔषध खरिद गर्न लुटपाट 

हत्या आरोपित राई निकै समय देखि लागू औषधको लतमा फसेको पाइएको छ । उनी गाउँघरमा बस्दा पनि कुखुरा चोरी गर्ने तथा सामान्य मालसामान चोरी गर्ने गरेका थिए । घर छोडेर निकै लामो समय देखि धरान, इटहरी, विराटनगरका विभिन्न स्थानमा बस्दै आएका थिए । चोरीको आरोपमा उनी पटक पटक पक्राउ गरेको बताइएको छ ।  

उनले प्रहरी समक्ष आँफु लागूऔषध प्रयोगकर्ता भएको र सुनको सिक्री बेचेर गाँजा, तथा नसाजन्य गोटी खरिद गर्न हत्या गरेको स्वीकार भनेर बयान दिएको प्रहरीले जनाएको छ ।