धरान  / नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ महिला चिकित्सकहरु काठमाडौंमा सम्मानित हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवासमा १५ जनालाई ुवुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्र्ड प्रदान गर्नु भएको हो । नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको हो ।

माइक्रो बायोलोजिको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानलाइ कदर गर्दै वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी माइक्रोबायोलोजी विभागकी प्राध्यापक डा. बसुधा खनाल पनि सम्मानित हुनु भएको छ । उहाँ मोफसलबाट सम्मानित हुनु भएको हो । डा. खनालले धरानमा नै जन्मिएर, यहिबाट विद्यालय र विश्वविद्यालय अध्ययन गरेर यही सेवारत हुनुहुन्छ । उहाँलाई आइएसी अध्ययन गर्दा तत्कालीन छात्रातर्फको उच्चतम अंक प्राप्त गरे वापत ऐश्वर्या विद्यापदक समेतबाट विभुषित गरिएको थियो । नेपाल सरकारको छात्रावृत्ती कार्यक्रम मार्फत पाकिस्तानवाट एविविएस पास गरि प्रतिष्ठानको मेडिकल अफिसरको रुपमा सेवा सुरु गर्नुभएकी डा. खनालले प्रतिष्ठानको शिक्षक जनशक्ति बिकास कार्यक्रम मार्फत माइक्रोबायोलोजि विषयमा स्नातकोत्तर(एमडी) गर्नुभएको छ । उहाँ एमडीमा गोल्डमेडलिष्ट पनि हो ।

बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा चिकित्सा बिज्ञान सम्बन्धी सैयौ लेख, रचना प्रकाशन गर्नुभएको वहांले निरन्तर रुपमा प्रतिष्ठानको बिकासमा योगदान दिंदै आउनु भएको छ । एक असल शिक्षकको रूपमा धेरै बिद्यार्थीहरुकी मार्गदर्शक गुरुआमा समेत बनेर काम गर्ने प्राडा खनाललाई अवार्र्डले झन काम गर्न उत्साही बनाएको उहाँ बताउनु हुन्छ । कालाजार, एन्टिबायोटिक प्रतिरोधात्मक क्षमताका ब्याक्टेरिया लागायतका क्षेत्रमा समेत अनुसन्धान गर्नुभएको छ ।  हाल नेपाल क्लिनिकल माइक्रोबायोलोजि एसोसिएसनको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिरहनु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनु भयो ।