• सरद कोइराला 

रामपुर   / उदयपुरको बेलका नगरपालिका– ७ गोभाटारमा एकै परिवारका तीनजनाको हत्या भएको छ ।  एक युवाले शुक्रबार धारिलो हतियार प्रयोग गरी तीन जनाको हत्या गरेको प्रहरीले जनाएको छ । 

घरबाट खेतीतर्फ जाँदै गरेका स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उहाँकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या गरिएको हो ।  

हत्यालगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश पोदारले जानकारी दिनु भएको छ ।  आरोपितले राजकुमारलाई खेतीमा जाँदै गरेको अवस्थामा चौबाटे कुलो र आमा–छोरालाई स्थानीय बबिङ खोलामा खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।  शव खाेलामा भेटिएकाे थियाे  । घटनाको कारण भने खुलेको छैन् । घटनाबारे  प्रहरीले अनुसन्धान थालेको छ ।