धरान । ऋषि पञ्चमीको अवसरमा पुजा गर्न नहरमा नुहाउन गएका सुनसरीकाे वराहक्षेत्र नगरपालिका ३ खोरीयाका   २ को मृत्यु भएको छ ।

                नुहाउने क्रममा वेपता भएकी १६ वर्षकी सलिना खडकाको सव वाङगे चाैक देखि ५सय मिटर तल भेटिएको थियो ।नहरमा डुवेर घाइते भएकी ३६वर्षको शाेभा खड्कको उपचारको क्रममा आज धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 उक्त घट्नामा नेपाल प्रहरी शसस्त्र प्रहरी नगर प्रहरी तथा स्थानिय युवाहरूले सक्रिय रुपमा खोजतलास गरेका थिए ।

घटनामा वेपता भएकी सलिनालाई वचाउने क्रममा अरू३जना  पनि डुवेका थिए । घाइते भएका ३जना लाई नहरमा माछा मार्ने स्थानियले देखि उदार गरेकाे बताइएकाे छ  ।  करिव ८घन्टा पछी वेपता भएकी सलिना खड्कको सव भेटीएको वाङगे प्रहरी चाैकीले जनाइएको छ।

 नहर वाट उदार गरिएका सोनु खड्का र इसा खड्काको अवस्था अहिले सामान्य रहको  स्थानीय पत्रकार हिरण्य कार्कीले जानकारी दिनु भयाे ।