धरान / ७० कटेकी धरान–१५ निराजन बस्तीकी शोभा लिम्बु(नाम परिवर्तित) घरमा एक नाती र एक नातीनीका साथ बस्नुहुन्छ । उहाँका छोरो बुहारी छोराछोरीलाई छाडेर परिवारबाट अलग भएको निकै समय भयो । चरम गरिवीमा परेको यो लिम्बु परिवार छोरा बुहारीको अत्तोपत्तो नभए पछि नाती नातीनीलाई पाल्न र पढाउन हम्मे परेको छ । सरकारले दिने मासिक ४ हजार वृद्ध भत्ताले उहाँ नाती नातीनीलाई पढाउन पठाउनुहुन्छ । त्यही भत्ताले उहाँले जीविकोपार्जन चलाउनु भएको छ । छोरा बुहारीले नाती नातीनीलाई छाडेर गए पछि उहाँको काँधमा ती बालबालिका हुर्काउने र पढाउने जिम्मेवारी थपियो ।
धरान–१५ कै भक्त तामाङ(नाम परिवर्तित)ले श्रीमतिलाई कमाउन विदेश पठाउनु भयो । ८ बर्ष भयो श्रमति बेखरछिन् । घरमा सानी छोरीछिन् । सुकुम्वासी टोलमा अैलानी जग्गामा सानो झुपडी बनाएर मनिबुतो गरेर जीवन चलाउदैं आउनु भएको छ । भक्त तामाङ असक्त भए पछि श्रीमतिले उहाँलाई छोडिन् । उहाँको जीवन अहिले समस्यामा चलिरहेको छ ।
बारा जिल्लाकी नेहालाई पारालाइसिस भयो । उहाँ ठिक हँुदा उहाँको परिवारले उहाँबाट काम लियो । ससुरालीबाट दाइजो पनि निकै लिए । तर यति बेला उहाँ विमारी भए पछि उहाँको श्रीमान्ले छाड्नु भएको छ । उहाँ यति बेला माइतिको सरणमा पुग्नु भएको छ ।
धरान–१५ का ३८ बर्षीय विमल राई(नाम परिवर्तिन)ले आँशाको ज्योति गुमाउनु भयो । उहाँको एक छोरा, एक छोरी र श्रीमति थिए । उहाँको आँखाको ज्योति गुमे पछि श्रीमतिले छोराछोरी र विमललाई छाडेर जानु भयो । ३ बर्षदेखि साना छोराछोरी लिएर कष्टकर जीवन विताउदैं आउनु भएको छ । आँखा नदेख्ने उनलाई छोराछोरी पाल्न समस्या परेको छ । परिवारसहित पटक पटक आत्महत्याको उहाँले प्रयास गर्नु भएको स्थानीय बताउछन् ।
यि ठूलो शहरहरुमा भएका नदेखिएका परिवारमा भएको ठूलो समस्याहरु हुन । शहर भन्ने वितिकै सुविधा सम्पन्न, सबै नाकरिक धनी र सुखी भनेर बुझिन्छ । तर त्यही शहरको कुनामा बस्ने अधिकांश मानिसहरु गरिविका कारण परिवारमा भएको विखण्डको शिकार बनेका छन् । शहरिया गरिवी देखिदैंन तर भित्रभित्र भयानक रुप लिएको यि प्रतिनीधि पात्रहरुको कथाले पनि झल्काउछ । छोराछोरी पाल्न गाह्रो भए पछि वृद्ध आमालाई छाडेर हिडेको परिवार, श्रीमान् आँशा नदेख्ने भए पछि श्रीमतिले छाडेको परिवार, श्रीमान्को प्रसस्त सम्पनि नभए पछि विदेश हिडेकी श्रीमतिको परिवार र विरामी भए पछि श्रीमान्ले छाडेको परिवार केही उदाहरण मात्र हुन । यस्ता विखण्डनको चोट बोकेर बाच्न बाध्य परिवार शहरमा धेरै भएको सामुदायिक सुरक्षा जालो धरानकी अध्यक्ष प्रेमकुमारी राई बताउनु हुन्छ ।
१० बर्ष अघि एक अमेरिकी शिक्षाविज्ञ डा. रोबर्ट एस किट्टेल नेपालमा भएको तीन पुस्ते परिवार देखेर उत्साही भएका थिए । यस्तो परिवारमा संस्कार हस्तान्तरणको वातावरण सहज र सरल हुने बुझेका डा. रोबर्ट एस किट्टेल नेपालीहरुको संयुक्त परिवार तथा यहाँको सभ्यता र संस्कृतिबाट निकै प्रभावित भएका थिए । नेपाली संस्कृतिबाट प्रभावित उहाँले आफ्ना दुईवटा छोरीलाई समेत नेपालमै ल्याएर उच्च शिक्षा हासिल गराउनु भयो । नेपालमा लामो समयदेखि प्रशिक्षणमा सहभागी भएका डा. किट्टेलले प्रशिक्षणमा सोधेका थिए,– ‘तपाईंहरुमध्ये को–को हजुरआमा, हजुरबुबासँगै बस्नुहुन्छ ? ६० प्रतिशतभन्दा बढीले हात उठाएका थिए । ‘अनि बुबाआमासँग कतिजना बस्नुभएको छ ?’ सय प्रतिशतले हात उठाएका थिए । यस्तो परिवार उहाँको देशमा भेटिदैन छैन् । सयुक्त परिवार पश्चिमा मुलुकमा देख्न पाइदैन । सयुक्र परिवारमा आरमदायी जीवन विताएको परिवार देखेर उहाँ लोभिनु भयो । उहाँले आफ्ना छोरीहरुलाई १० बर्ष पहिले नेपाल मा नै अध्ययन गराउनु भएको थियो । तर १० बर्ष पछि नेपाली समाज फेरीएको छ । त्यही अमेरिकीको जस्तो परिवार नेपालमा भएको छ । भलै त्यहाँ त सम्पन्न छन् । तर नेपालमा भने विखण्डित परिवार मानसिक समस्यामा छ ।
ब्रिटेनमा स्ट्यान्ड अलोन नामक एक संस्था छ । जसले परिवारबाट अलग भएका असहाय मानिसहरुलाई सहयोग गर्ने गर्छ । उक्त संस्थाको अध्ययन प्रतिवेदनले भनेको छ, ‘ब्रिटेनमा हरेक पाँच परिवारमा कुनै न कुनै एक सदस्य परिवारबाट अलग भइरहेका छन् । यही तरिकाले अमेरिकामा करिब दुई हजार आमा र तीनका सन्तानमा अध्ययन गरिएको थियो । जसमा १० प्रतिशत आमा तिनका सन्तानहरुबाट अलग्गिएका छन् । नेपालमा यही अवस्था छ । तर अध्ययन अनुसन्धान गर्ने निकाय छैन् । शहरका सुकुम्वासी बस्ती, विपन्न परिवार भएका टोलमा परिवार विखण्डको भयाभव अवस्था रहेको सामुदायिक सुरक्षा जालोकी सल्लाहाकार तथा महिला अधिकारकर्मी सरु जाेशी श्रेष्ठ बताउनु हुन्छ ।
परिवारको आर्थिक र सामाजिक उन्नतिको लागि घरमा साना छोराछोरी र श्रीमती छोडेर श्रीमान बिदेश यात्रामा निस्किन्छन् । रगत र पसिना एक गरेर घरमा पैसा श्रीमतीलाई पठाउँछ । हरेक महिना बैंक खातामा आउने बिदेशको पैसाले श्रीमतीमा उन्माद , घमण्ड र उत्तेजना बढाउँछ । सासु, ससुरा, नन्द, समाज, छिमेकी र आफन्त सबैको सेखी झार्न श्रीमती छोराछोरी टिपेर सदरमुकाम झर्छे । छोराछोरीलाई बोर्डिङ्ग स्कूलमा भर्ना गरिदिन्छे अनि छोराछोरीले गाउने अंग्रेजी गीतमा मख्ख पर्छे । अर्कोतिर नयाँ फोनमार्फत सामाजिक संजालमा जो भेटिन्छ उसैसँग दोहोरी खेल्दा–खेल्दै माया प्रेम बस्छ । २÷३ वर्षपछि श्रीमान फर्केर आउँदा उसँग न श्रीमती हुन्छे न सम्पति, हुन्छ त केवल अलपत्र छोराछोरी र पछुतो मात्र हुन्छ । श्रीमान्लाई घरमा छाडेर गएका श्रीमतिहरुको पनि यस्तै दुर्दशा छ ।
यस्तै समस्याहरुले आजभोली परिवार विखण्डनतिर गएको सामुदायिक सुरक्षा जालोकी सल्लाहाकार श्रेष्ठ बताउनु हुन्छ ।
उहाँका अनुसार कोभिड–१९ को चरम समस्या भएको बेला युएन वमन र टेवा नेपाल धापाखेलको सहयोगमा देशका २१ व्टा जिल्लामा २१ व्टै सामुदायिक सुरक्षा जालो गठन गरिएको छ । उक्त समुहले समस्यामा परेका परिवारलाई सहयोग र मनोपरामर्श दिदैं आएको छ । श्रमिक महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग जुटाउदैं आएको छ ।
श्रेष्ठका अनुभवमा श्रीमतिलाई कुनै रोग लाग्यो भने श्रीमान् र घर परिवारले हेला गर्ने र घर छाड्न बाध्य बनाउने गरेको पाइएको छ । यस्ता घट्ना सबै भन्दा बढि मधेश प्रदेशमा पाएको श्रेष्ठले बताउनु भयो । ‘श्रीमति शक्तिशाली हुँदा उसको कमाई खाने । फाइदा लिने तर कमजोर भए पछि हेला गर्ने । संस्कार शहरी क्षेत्रमा बढेको छ । महिलाहरुको रोगप्रतिरक्षा क्षमता घटाउने ‘लुपस’ नामक रोगले ९९ प्रतिशत महिलाहरु पीडित भएको पाइयो ।’–श्रेष्ठले भन्नु भयो–‘यस्ता डरलाग्दा समस्या समाधानका लागि अव स्थानीय तहले नै नीति बनाएर काम गर्नु पर्छ । उनीहरुको समस्या समाधान गर्न स्थानीय सरकार जिम्मेवार हुनु पर्छ ।’
देशभरका शहरीया विपन्न परिवार असुरक्षिात भएको भएको उहाँको भनाई छ । मानसिक रोगबाट ग्रसित परिवारलाई मनोपरामर्श सेवा घर घर पुगेर दिनु पर्ने अवस्था आएको छ । दिनदिनै असुरक्षित बन्दै गरेको परिवार बचाउन अव नयाँ रणनीति राज्यले ल्याउनु पर्ने सामुदायिक सुरक्षा जालो कार्यक्रमकी संयोजक रीता थापा बताउनु हुन्छ । विकास निर्माण क्षेत्रमा राज्यको लगानी बढी भएको छ । अव भत्किदैं गरेको परिवार निर्माण गर्न राज्यले लागनी बढाउनु जरुरी रहेको उहाँको भनाई छ ।
चाहे जस्तो आम्दानी नहुनु र सपनाको थुप्रो अग्लिँदै जानुले गर्दा ५० प्रतिशत एकल महिलाको रुपमा रोजगारमा जाने महिलाहरु आफ्नो इज्जतको सौदा गर्न विदेशमा बाध्य छन् । घरपरिबार र नानीबाबुसंग परपर हुदै जान्छन । चाहेजस्तो कमाई नभएपछि र घरकाले खोजेजति आम्दानी पठाउन नसकेपछि उब्जिने वितृष्णाले पनि परिवार विखण्डको शिकार बन्दैं आएको छ ।
हाम्रो समाजमा बिध्यमान पुरुषबादी साँेच र पुरातन पन्थी विचारले गर्दा पनि विखण्डनको सिकार महिला र बालबालिका हुने गरेका छन् । यसको उदाहरण यूट्यूबमा प्रसारण भएका घटनाहरुलाई हेरे पुग्छ । यो समस्या आजभन्दा भोलि दिनानुदिन बढ्दैं गएको छ । परिवार विग्रिउको कथा आजभोली यूट्यूबमा च्यानलहरुले खोजी खोजी दिदैंआएका छन् ।
परिवारमा यस्ता बेमेल र विखण्डनको समस्या झन झन बढ्दैं जानुमा हामी आफै पनि जिम्मेबार छौं । कतिपय परिवार आफ्नै पुख्र्यौली सम्पत्ति जसले हाम्रो सात–पुस्तालाई खान, बस्न र एक स्तरको शिक्षा प्राप्त गर्न पुराएकै थियो भन्ने कुरा विर्सिएका छन् । आज त्यो सम्पत्तिलाई सिंकीको मोलमा बेचेर सुखको खोजीमा शहरमा सुकुम्बासी जीवन रोज्नेको संख्या बढोतरी भएको हो । बेच्न नसकेको अवस्थामा त्यो घरबारी र खेत बाँझो राखेर शहरको कुनामा सुकुम्वासी जीवन जीउने धेरे बढेका छन् । परिस्थितिले भन्दा पनि रहर र आफन्तलाई देखाउने लहडमा अनिश्चितताको यात्रामा आफ्नो परिवार र सन्ततिलाई धकेल्ने कामले शहरका विपन्न समस्यामा पदैं आएको सामुदायिक सुरक्षा जालो कार्यक्रमकी टिम लिडर रुपा उदास बताउनु हुन्छ ।