धरान / धरान उपमहानगरपालिकाले कुहिने फोहोर व्यवस्थापन गरे पनि नकुहिने फोहोर व्यवस्थापन गर्न सकेको छैन् । उपमहानगरपालिकाले बर्षौदेखि १५ न.. वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहोर फाल्दैं आएको छ । 

फोहोर फालिएको स्थानमा जलाउने गर्नाले सडकमासमेत प्रर्दुशन बढेको छ । यस विषयमा आवाज उठे पछि बाँझगरा सामुदायिक वन उपभोक्ता समुहले केही समय अगाडी उचित व्यवस्थापन गर्न उपमहानगरले अनुरोध गरेको थियो । तर उपमहानगरले कुनै सुनुवाई नगरेको 

बाँझगरा सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष कुमार भारतीले बताउनु भयो । समुहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो । समुहले वनलाई जानकारी गराए पछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेरको छ । वन क्षेत्रमा फाेहाेर फाल्दा त्यहाँ बाेटविरुवा मर्न थालेकाे वन समहुले जनाएकाे छ ।

डिभिजन वन कार्यालय सुनसरीका डिभिजन अधिकृत भीमबहादुर कालिकोटेद्वारा हस्ताक्षरित पत्रमा धरान उपमहानगरपालिकाबाट निस्किएका प्लाष्टिकजन्य वस्तु तथा नकुहिने फोहोर बाँझगरा सामुदायिक वन क्षेत्रभित्र सेउती खोला किनारमा फाल्ने गरेको बुझिएकाले उपमहानगरसँग समन्वय गरी सहरी क्षेत्रबाट निस्केका फोहोरमैला वन क्षेत्रमा नफाल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । 

कालिकोटेले भदौं १२ गते सव डिभिजनलाई पत्र लेख्नु भएको छ । सोही पत्र पाँचकन्याले बाँझगरा सामुदायिक वनलाई बोधार्थ दिइएको छ ।  जिल्लाको पत्र आए लगत्तै पाँचकन्या सव डिभिजनले बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुने क्षेत्रमा फोहोर नफाल्न धरान उपमहानगपालिकालाई पत्राचार गरेको छ ।

‘पालिकाबाट सहरमा उत्पादित फोहोरमैला कहिलेदेखि कुन वनक्षेत्रमा, कुन आधार प्रमाणबाट फाल्ने कार्य गरेको हो ? फाल्ने गरेको भए त्यस्ता फोहोरमैला नफाली वन जङ्गलको वातावरण स्वच्छ राख्न अनुरोध छ ।’–पत्रमा भनिएको छ । सव–डिभिजन कार्यालय पाँचकन्याका रेञ्जर ईश्वरीप्रसाद बास्तोलाले अब पनि उपमहानगरले व्यवस्थापन नगरी फोहोर पठाएमा अवरोध गर्ने बताउनु भएको छ । 

वन क्षेत्रमा फोहोरमैला फाल्नका लागि उपमहानगरसँग भोगाधिकार हुनु पर्छ र फोहोर उचित व्यवस्थापन गरेर फाल्नु पर्ने हुन्छ । तर उपमहानगरले विगतमा खाल्डो खनेर फाल्ने गरे पनि पछिल्लो समय त्यतिकै फाल्ने गरेको छ । 

खोला नजिक खाल्डो बनाएर फाल्ने गरिएको तर यो बर्ष डोजर अभावले खन्न नसकिएको धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेश खतिवडाले बताउनु भयो । डोजर किन्ने प्रक्रियामा रहेको उहाँले बताउनु भयो । 

बाँझगरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजन मोक्तानले फोहोरलाई उचित व्यवस्थापन गर्न उपमहानगरलाई अनुरोध गरिएको तर सुनुवाई नभएको बताउनु भएको छ । बाँझगरा सामुदायिक वन समुहले एक साता भित्र फोहोर व्यवस्थापन गर्न उपमहानगरलाई सुझाएको छ । वनले उचित व्यवस्थापन गर्न पत्रचार गरेको प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रुाल रिजाले बताउनु भएको छ । ‘फोहोर व्यवस्थापनको केही समस्या रहेछ । म पनि भरखर आएको नयाँ मान्छे हो । उचित व्यवस्थापनका लागि छलफल चलाउछौं । यसको निकास चाढै निकाल्छौं ।’–अधिकृत रिजालले भन्नु भयो 

काठमाण्डौ फोहोर भयो भनेर सामाजिक सञ्जालमा लेख्दै महानगरका मेयर बालेन साहको विरोध गदैं आउनु भएको धरान उमपहानगरका मेयर हर्कराज राई(साम्पाङ)लेआफ्नो उपमहानगको फोहोर जताभावी फालेको विषयमा सामाजिक सञ्जालमा विरोध पनि हुन थालेको छ । उहाँले एक टेलिभिजनको अन्तर्वार्तामा बर्षौदेखि फाल्दैं आएको स्थानमा अहिले पनि फालिरहेको बताउनु भएको छ । ल्याण्डफिल साइड बनाउन संघीय सरकारले पैसा दिए मात्र सम्भव हुने उहाँको भनाई छ । 

धरान उपमहानगरले नीजी क्षेत्रको साझेदारीमा कुहिने फोहोरबाट भने धरान–६ मा मन तथा ग्यास बनाउन शुरु गरेको छ । तर नकुहिने फोहोर भने जताभावी वन क्षेत्रमा फाल्दैं आएको छ । दैनिक १५ टन फोहोर सेउती पुल माथि बाँझगरा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा फाल्दैं आएको छ ।  

ban letter