धरान ।  अल नेपाल ठग्स फेमिली (एनटीएफ)ले आयोजना गरेको ‘र्‍याप ब्याटल’’ बाट एक्कासी चर्चामा आएका जी–बब नामले लोकप्रिय बनेका  र्‍यापर सुदिप भण्डारी पहिलोपल्ट धरानमा आउने भएका छन् । आगामी भदौ २५ गते शनिबार आयोजना हुने ‘टुबोर्ग फुल भोल्युम कन्सर्ट’को लागि आउन लाग्नु भएको हो । 

      फुल भोल्युम कन्सर्टमा जी–बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले  पनि आफ्नो गीतहरु प्रस्तुत दिनुहुने छ ।  चर्चित र्‍यापरहरु प्लस डिभाइड र शिरुपातेसंगै धरानको चर्चित डीजे डबल बी र डीजे नभसनले  डीजेइङ्ग समेत प्रस्तुत गर्नु हुनेछ ।  

‘मिलेन लेभल तेरो’ बोलको बहुचर्चित गीत संगै फ़ाइनल्लि भेटियो , कलाको म धनी , भाग न भाग , कलाकार , सिधा कुरा मेरो लगायतका युवाहरुमाझ लोकप्रिय आफ्ना अन्य गीतहरु प्रस्तुत गर्नेछन। उहाँ पूर्वमा नै पहिलोपल्ट कन्सर्टका लागि  धरान आउनलाग्नु भएको हो ।   त्यस्तै नेपाली फिल्म तथा आधुनिक (पप गीतहरुमा एकदमै रुचाएकी गायिका अस्मिता अधिकारीको ‘बाबरी रङ्गमा’ अहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल छ।  उहाँको काफल कमल , टाढा भएपनि , लज्जावती झार , कोहोला त्यो , साली मन पर्यो , तिम्रो मायाले बाँधेर राख , रम रम मरौतींलगायत गीतहरु पनि उत्तिकै चर्चित तथा लोकप्रिय छन्।  त्यस्तै र्‍यापर  प्लस डिभाइडका शब्दको युद्ध , बाबु भित्र केहि खास , आको म यहाँ , चाहिने भन्दा बढी ,म जहिले लगायतका गीतहरु र  र्‍यापर शिरुपातेका राजनीति , मस्त , नोबडी नोज ,कालेभाई लगायतका गीतहरु  युवाहरु माझ निक्कै  लोकप्रिय छन्। 

                  लामो समयपछि धरानमा आयोजना हुन लागेको भब्य  कन्सर्टमा सबैखाले दर्शकहरुको मनोरन्जनका लागि र्‍याप र मेलोडीको सम्मिश्रण गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरव श्रेष्ठले जानकारी दिनु भयो । कन्सर्टको संचालन इक्सा मादेनले गर्ने कार्यक्रम रहेको छ ।  कन्सर्टको लागि अग्रिम टिकट बुकिङ्गको लागि रु ३०० र गेट टिकट रु ५०० सय राखिएको आयोजकले जनाउको छ ।    टुबोर्ग बियरको प्रस्तुति रहेको   फुल भोल्युम कन्सर्टमा डिभाइन वाइन , रेड्ब्ल्यु इनर्जी ड्रिंकको सह(प्रायोजन  , केन्द्र मोसन पिक्चर्स , एसपी इभेन्ट्स युके , एनएचडीडी स्टुडियो , भीआइपि नेपाल ऑस्ट्रेलियाको बिषेश सहयोग तथा महेन्द्र अक्वा , पेप्सी , धरान टि र पीएच शाइन शेम्पूको सहयोग रहेको आयोजकले जनाएको छ ।