• किरण लिम्बु

संखुवासभा / संखुवासभा जिल्ला चैनपुर –१ याङ्सिजुङ र मादी –९ को फाविङ गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण गर्दा मृत्यु भएका मजदुरका परिवारलाई लुम्बिनी जनरलर इन्स्योरेन्सले  ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । लुम्बिनी जनरलर इन्स्योरेन्सले  ५ लाख रुपैयाँको चेक एक कार्यक्रममा बीच मृतक मजदुर चैनपुर नगरपालिका  –१ का निङ्मा नुर्व शेर्पाका परिवारलाई हस्तान्त्रण गरेको ह्ँे । 

लुम्बिनी जनरलर इन्स्योरेन्सले कम्पनीले झोलुङ्गे पुल निर्माण गर्दा मृत्यु भएका मृतकका बुबा लाक्पा तेञ्जी शेर्पालाई ५ लाख रुपैयाँको चेक   लुम्बिनी जनरलर इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत नवराज तिम्सिना र पूर्वाधार विकास कार्यालय संखुवासभका प्रमुख शैलेन्द्र सिंहले संयुक्त रुपमा हस्तान्त्रण गरेको शाखा कार्यालय खाँदबारीका प्रमुख दुर्गा गौतमले जानकारी दिनु भयो ।

गत बैशाख १६ गते संखुवासभाको चैनपुर नगरपालिका –१ याङ्सिजुङ निदुवा खोलाको झोलुङ्गे पुलको लठ्ठा मिलाउने क्रममा भिरबाट लडेर शेर्पाको मृत्यु भएको थियो । मृतक शेर्पाका बुबालाई प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको रोहवरमा मृतक मजदुरका परिवारलाई ५ लाख रुपैयाँको चेक हस्तान्त्रण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख शैलेन्द्र सिंहले बताउनु भयो ।  

पूर्वाधार विकास कार्यालयले चैनपुर –१ याङ्सिजुङ र मादी –९ को फाविङ गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण गरेको थियो ।