• नोम्याङ लामा

संखुवासभा / संखुवासभाको विकट पालिका भोट्खोला २ स्थित अरुणोदय उच्च माविमा प्रावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।  

आधारभूत विद्यालय तहगत हाजिर जवाफ प्रतियोगितामा प्रथम श्री शान्ती आधारभूत विद्याललय भोट्खोला २ चेपुवा , दोश्रो श्री गुवाछेसा आधारभूत विद्यालय भोट्खोला–३ गुङ्गुङ, तृतीय बिध्याबरदायिनी आधारभूत विद्यालय भोट्खोला ३ हटिया र चौथो श्री अरुणोदय आधारभूत   विद्यालय भोट्खोला २ च्याम्ताङ भएको अरुणोदय माविका शिक्षक गोपालप्रसाद दाहालले जानकारी दिनु भयो । प्रथमलाई ३३ हजार,  दाेश्राे २२ हजार, तृतीय  ११ हजार, चाैथाेलाई ५ हजार पाँच सय पुरस्कार वितरण गरिएकाे  छ । चार वटा विद्यालयलाई  सान्ताेना  स्वरुप १५/१५ सय वितरण गरिएकाे छ ।

गोलोव गाइजले हाल सम्म आफ्नो कमाइको केही अंश बचाए/ आफ्नो जन्मभुमीमा नमुना काम गरेको स्थानीयले बताएका छन् । गोलोव गाइज(हेन्सम सहयात्री)को सहयोगमा उक्त प्रतियोगिता भएको हो । नेकपा एमालेबाट बिजय हुनु भएकी भोटखोला पाउँपालिका उपाध्यक्ष श्री सहना लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम  गोलोव गाइज अध्यक्ष मिक्मर रिदर थिकेपाको अध्यक्षतामा गरिएकाे थियो । कार्यक्रममा सचिव पेक्म थिकेपा,सहकोषाध्यक्ष आन्दृयास ल्होमी र सदस्य तेम्बा ल्होमी,  २ न‌‍ वडा अध्यक्ष जिप्पा तेन्जिङ भोटे,संस्थाका सल्लाहाकार गिन्दिन फिन्जो लामालगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा  २० बर्ष भन्दा बढी शिक्षण गर्नु भएका  अवकास प्राप्त शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । 'गुरुलाई मान चेलालाई ज्ञान' भन्ने अभियान नै चलाइएकाे  जिप्पा तेन्जिङले बताउनु भयाे । 

हालसम्म गोलोव गाइज टिमले दक्षिण कोरियामा आफ्नो कमाईको केही अम्शले आफ्नो जन्म भूमीको बिपन्न बर्गका बिरामीहरुलाई उपचार खर्च वापत ६ लाख ७८  हजार  १०४ सहयोगसमेत जुटाउका छन् । यस्तै ,खेलकुद बिकास तथा प्रबर्द्धन  लागि ७६ हजार भोट्खोलाका आठ वटा बिद्यालयहरुमा गोलोव गाइज अक्षयकोष ५ लाख ७३ हजारको बनाइएको टिमका सह सचिब ङवाङ लामाले बताउनु भयो। 

No description available.