• किरण लिम्बु 

संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका– ९ स्थित तुम्लिङटारमाथि र ढुंगेधाराबीचको सालघारी जंगलमा फोहोर फ्याँके पाँच हजार रुपैयाँ जरिवाना गरिने भएको छ।

जोगमनी–किमाथाङ्का राजमार्गमा गर्ने खाँदबारी—तुम्लिङटार सडकखण्ड बीचको उक्त सालघारी जंगलमा स्थानीयले जताभावी फोहोर फ्याके पछि यस्तो नियम लगाइएको हो । पछिल्लो समय मानिसले राजमार्गको छेउमा फोहोर फालेपछि कुरूप बन्दै गएको भन्ने जनगुनासो बढेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय र डिभिजन वन कार्यालयले उक्त क्षेत्रमा फोहोर फ्याक्न निषेध गरेको हो । 

खाँदबारी बजारलगायतका मानिसले लुकिछिपी रातको समयमा ट्याक्टर र गाडीमा फोहोर ल्याएर  सडकछेउमा फ्याँक्ने गरेको स्थानीय बताउछन् । सामुदायिक वन दिवसको अवसर पारेर ती फोहोर फ्याँक्ने क्षेत्रमा सार्वजनिक सूचना नै टाँस गरेर सचेत गराइएको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रलाल राईले बताउनु भयो । स्थानीय मनकामना सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय संखुवासभाले संयुक्त रूपमा बोर्ड टाँसेर सूचना जारी गरेको  हो । अटेर गरेर फोहोर फ्याँकेमा वन र वातावरणसम्बन्धी ऐन–नियमअनुसार कारबाही गरिने उल्लेख छ ।