धरान  / हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पिपल्स सप लायन्स तीज उत्सव सिजन २ धरानमा हुने भएको छ ।

पिपल्स सप र धरानका लायन्स क्लवको संयुक्त आयोजनामा यहि भाद्र ९ गते एक दिने उत्सवको आयोजना गर्न लागिएको रहेको आयोजकले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । 

पहिलो संस्करण पछि कोरोना महामारिको कारण दुई वर्ष रोकिएको उत्सवलाई निरन्तरता दिनको लागि तीज उत्सवको आयोजना गर्न लागिएको पिपल्स सपका प्रोपराइटर कविता लिम्वुले जानकारी दिनु भयो । पहिलो संस्करण पिपल्स सपको एकल आयोजना रहे पनि दोस्रो संस्करण धरानका लायन्स क्लवहरुको संयुक्त आयोजनामा गर्न लागिरहेको उहाँले बताउनु भयो । 

विशेष गरि महिला लक्षित उत्सवमा मनोरञ्जनात्मक कार्यक्रमसंगै उपस्थितिहरु मध्येवाट मिस एण्ड मिसेज तीज उपाधि समेत प्रदान गरिनेछ । उपाधि विजेतालाई क्राउन र गिप्mट ह्यापर प्रदान गरिने कार्यक्रमका संयोजक शिखा लिम्वुले जानकारी दिनु भयो । यसैगरि सहभागिहरुवाट नै मिस एण्ड मिसेस क्याटवक, वेस्ट ड्रेस, वेस्ट मेकअप, वेस्ट हेयर, वेस्ट ग्रुप डान्स, सोलो डान्सलगायत उपाधि प्रदान गरिने संयोजक लिम्वुले बताउनु भयो । 

धरान १५ स्थित किरात याक्थुम चुम्लुङ हिमको हलमा आयोजना हुने उत्सवमा मौलिक परिकार र सामग्रीहरुको स्टल समेत हुनेछ । स्टलमा मेहन्दी, नेलआर्ट, फुड स्टल, घरेलु सामग्री, सौदर्य सामग्री लगायत विक्रिका लागि राखिने छ । उत्सवको दिन लायन्स क्लव अफ पञ्चकन्याले शिक्षाको लागि एक रुपैया रकम संकलन अभियानको घोषण समेत गरिने लायन्स पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले जानकारी दिनु भयो । एक करोड रुपैया संकलनको लक्ष्य सहित अभियान सुरु गरिने उहाँले बताउनु भयो । 

उत्सववाट उठेको रकमले काठमाण्डौमा उपचार्थ क्यान्सर पिडित युमारानी लिम्वुलाई सहयोग गरिने एरिया चिफ लायन कविता लिम्वुले बताउनु भएको छ ।  पत्रकार सम्मेलनमा रिजन चियर पर्सन लायन रुक्मणी मास्के, जोन चियर पर्सन लायन कमला लिम्वु, कृति श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।