धरान  / धरान ८ स्थित यलम्वर खेल मैदान संस्थामा दश वर्ष पछि पूर्व व्रिटिस गोर्खा सैनिक क्याप्टेन अम्मरवहादुर पन्धाक लिम्वुको नेतृत्वमा बनेको कार्यसमितिको पदस्थापन भएको छ ।  

यहि वैशाख १० गते साधरण सभावाट नयाँ कार्यसमिति चयन भए पनि केहि दिन अघि मात्र नयाँ कार्यसमितिको पदस्थापना भएको थियो । समितिमा सचिव विष्णुकुमारी लिम्वु, कोषाध्यक्ष मोतिवहादुर लिम्वु, सदस्यहरुमा कमल लुम्फङवा, रमेश राई, उतररकुमार राई र युगल लिम्वु रहनु भएको छ । कार्य समितिको दुई वर्ष कार्यकाल भए पनि लामो सम्म संस्था निष्क्रिय भएपछि विशेष साधरण सभाको आयोजना गरि नयाँ कार्यसमिति चयन गरिएको बताइएको छ । 

धरान ८ स्थित सिदार्थ मार्गका स्थानिय तथा पुर्व व्रिटिस गोर्खा सैनिकहरुको सहकार्यमा करिव २०५१ सालमा सामाजिक संस्थाको रुपमा यलम्वर खेल मैदान संस्थाको स्थापना भएको हो । संस्थाले आर्थिक संकलन गरि करिव साढे तीन कट्ठा जग्गामा व्यवसायिक भवन र बास्केटवल कोर्ट निमार्ण गरेको छ । संस्थामा एक सय ७१ जना सदस्यहरु रहेको छ । हाल भवनका कोठा न्युनतम दरमा भाडामा लगाइएको छ भने खेल मैदानमा बास्केटवल र भलिवल खेल खेल्न मिल्नेछ । भवनको एक कोठामा जिमहल समेत रहेको छ ।

संस्थाको विधान संसोधन गरि आवश्यक्ता अनुसार संस्थामा कार्यसमिति सदस्य संख्या थप तथा सल्लाहकार नियुक्ति गरि संस्थालाई विभिन्न सामाजिक कार्यमा अग्रसर गराइ चलायमान वनाउने साथै व्यवसायीक समेत वनाइने नवनिर्वाचित अध्यक्ष क्याप्टेन अम्मरवहादुर पन्धाक लिम्वुले वताउनु भएको छ । आप्mनो कार्यकालमा हाल व्यक्तिको नाममा रहेको जग्गालाई संस्थागत वनाइ संस्थाको नाममा ल्याउने उहाँल ेबताउनु भयो । 

यलम्वर खेल मैदान नभत्काइने , सेमि कर्भडहलको रुपमा स्तरउन्नति गरिने योजना

केहि समय अघि व्यापक रुपमा सामाजिक संजालमा यलम्वमर खेल मैदानमा रहेको वास्केटवल कोर्ट भत्काइने हल्ला चले पनि नयाँ कार्यसमिति चयन भए पछि रोकिएको छ ।

बास्केटवल कोर्ट भत्काइने हल्ला चलेपछि ८ न वडाका युवा तथा खेलाडिहरुले पम्प्लेट सहित खेलमैदान अगाडि विरोध जनाएका थिए । यसले सामाजिक संजाल र खेलाडीहरुमा व्यपक्ता पाउनुका साथै व्यापक रुपमा विरोधको तयारी समेत भइरहेको थियो । तर नयाँ कार्यसमिति चयन भए पछि नभतकाइने भएको छ । 

यति लामोसम्म संस्थालाई निष्क्रिय राख्नुको साथै खेल मैदानमा विकृति वढ्दै गए पछि संस्थाका सदस्य तथा लगानिकर्ताहरुमा खेल मैदान नै भत्काइनु पर्ने वा वेच्नु पर्ने कुरा उठेको वर्तमान अध्यक्ष क्याप्टेन अम्मरवहादुर पन्धाक लिम्वुले वताउनु भएको छ । अव नयाँ कार्य समितिले खेलमैदानलाई व्यवस्थित बनाउने उहाँले बताउनु भयो । 

     खेलमैदानलाई स्तरउन्नती गर्दै खेलमैदान क्षेत्रमा ट्रस्ट लगाएर सेमि कर्भडहलको रुपमा स्तरउन्नती गर्ने, चेन्जिङ्ग रुम र शौचालय ,वाथरुमलाई सुधार र निर्माण गरिने योजना रहेको अध्यक्षले जानकारी गराउनु भएको छ ।  निर्माण संपन्न भएपछि संस्थाले वार्षिक रुपमा वास्केटवल र भलिवल खेलको प्रतियोगिता आयोजना गर्ने योजना रहेको छ ।