धरान  / स्थानीय तह निर्वाचनामा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार हर्कराज राई(साम्पाङले नगर प्रमुखमा विजयी हुनु भयो । यस अघि उहाँ सामाजिक अभियान्तको रुपमा परिचय बनाउनु भएको थियो । ठूला दलहरुलाई करिव ५ हजार मतले पछि पादैं नगर प्रमुखमा विजयी भए पछि उहाँले नगरको सुख सुविधा भोग नगरि जनतासँगै श्रमदान गरिरहनु भएको छ । साताको ६ दिन नगरवासीको प्रशासनिक काममा समय दिनु हुन्छ । सार्वजनिक विदा र शनिवार भने उहाँ धरानलाई हराभरा बनाउन पाखाभित्तामा वृक्षारोपण र धरानको खानेपानी समस्या हल गर्न पानीको श्रोतको खोजीमा निस्कनु हुन्छ । उहाँको साथमा हजारौ मानिस सहभागी छन् । उहाँले मेयर भएदेखि श्रमदान अभियान चलाउदैं आउनु भएको छ । श्रमदानबाटै पकुवा र निशाने खोलाबाट खानेपानीको व्यवस्थापन गरिएको छ । सर्दु खोलाबाट मिनी टर्वान विजुली निकालिएको छ । धरानको  ४ र २० नं. वडाको पाखाभित्तामा फलफुलका विरुवा रोपिएको छ ।