धरान /  बण्डल एजेन्सी धरानको आयोजनामा हुने 'ग्लेन्स फेशन शो २०२२'“ को लागि २० जना धरान तथा इटहरीको मोडलहरु अडिसनबाट छानिनु भएकाे छ । 

धरान मेगा कलेजमा आयोजना गरिएको अडिशनबाट मोडलहरु छानिएका हुन | आगामी भदौ अन्तिम साता धरानमा आयोजना हुने फेशन शोका कोरियोग्राफी मिस स्टेट १ तेस्रो संस्करण बिजेता श्वेता भुजेलले गर्नु हुदै‌छ ।  भुजेल कोरियोग्राफरको रुपमा पहिलो पल्ट काम  उदाउनु भएकाे हाे । यस अघि बण्डल रनवे फेशन शोको तीन वटा सस्करण आयोजना गरिसकेको बण्डल एजेन्सीले धरानमा मोडलिंगमा लाग्न चाहनेहरुको लागि फोटोशुट तथा फेशन शो आयोजना गर्दै आइरहेको छ |