धरान ।  धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । अनुगमनमा म्याद गुज्रेको अखाद्य वस्तु, मासु पसलमा कुहिएको मासु विक्री गर्न गर्न राखिएको पाइएको छ ।    बजार अनुगमनमा  इलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, ईलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयूक्त रुपमा वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरिएको थियो ।  

 माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेका थिए । इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरिएको बताउनु भएको छ । उहाँले धरान उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमार्फत यो आजदेखि सन्देशमुलक अनुगमन सुरु गरिएको उहाँले जनाउनु भयो । केही पसलहरुमा म्याद गुज्रेको अखाद्य वस्तु, मासु पसलमा कुहिएको मासु विक्री गर्न राखिएको भेटिएको उहाँले बताउनु भयो । 

उक्त म्याद गुज्रेको अखाद्य वस्तु र कुहिएको फाल्न लगाईएको छ । मासु अर्को पटक पनि अनुगमनको क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु उपभोक्तालाई बिक्री वितरण गरेको पाईएमा प्रचलित कानुन अनुसार जरिवानासहित कारबाही गरिने उहाँले बताउनु भयो । 

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तुलाई एक्स्पायर जोन बनाएर राख्न, व्यवसाय दर्ता तथा मूल्यसूची उपभोक्ताले देखिने स्थानमा अनिवार्य टाँस गर्न निर्देशन दिइएको भट्टराईले बताउनु भयो ।