धरान  / बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

राष्ट्र सेवकलाई काम गर्न अवरोध गरेको भन्ने सार्वजनिक अपराध गरेको भन्दैं धरानका मेयर हर्कराज राई(सामपाङ)ले एक साता अघि दिएको उजुरी पछि उहाँलाई आइतबार धरानबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले उहाँलाई भानुचोकस्थित बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोला यस अघि नै प्रूहरीले पक्राउ गरेको छ । 

अघिल्लो आइतबार संघर्ष समितिको अगुवाईमा धरान उपमहानगरपालिकामा मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाविरुद्ध नाराबाजी भएको थियो । मेयरको कार्यकक्षको शिशा पनि तोडफोड भएको थियो । आन्दोलनको नेतृत्व गरेका नेपाली र बास्तोलाविरुद्ध भोलीपल्ट मेयरले जाहेरी दिनु भएको थियो ।  

बराह सहकारीले बचतकर्ताको पैसा नदिए पछि संघर्ष समिति बनाएर पीडितहरु आन्दोलन गदैं आएका छन् । सहकारीको नियमकारी निकाय उपमहानगरलाई उनीहरुले दवाव दिैं आएका थिए । मेयर सामपाङले ‘पैसा मलाई सोधेर बराहमा राखेको हो र ?’ भनेर पीडितलाई भने पछि आक्रासित भीडले मेयर विरुद्ध नारावाजी गरेको बताइएको छ ।