धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालै भएका दलिय भागबण्डाको नियुक्ति खारेजी र भ्रष्टचारमा मुछिएका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बखास्तगर्न माग गदैं  सामाजिक अभियान्त डा. गोविन्द केसीले भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्नु भएको छ । शनिबार धरानमा आएर पत्रकार सम्मेलन गदैं डा.केसीले सत्याग्रह सुरु गर्ने घोषणा गर्नु भएको हो । 

उहाँले विभिन्न ६ बुँदे मागहरु राख्नु भएको छ ।  मागबारे सरकारले पटक पटक सम्झौता गरेपनि पुर्णरुपमा कार्यान्वयन नगरेको उहाँको भनाई छ । डा.केसीले १९ औं पटक सत्याग्रह बसिसक्नु भएको छ । 

डा.केसीले यसपटकको सत्याग्रहमा पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुद्दालाई अघि सार्नु भएको छ । प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तीको मापदण्डसहित ऐनको व्यवस्था गर्नु पर्ने, भागवण्डाको आधारमा अनियमिततापुर्वक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै गरिएका नियुक्ती तत्काल सच्याउन माग गर्नु भएको छ ।  

प्रतिष्ठानमा भर्खर मात्र रजिष्ट्रारमा कांग्रेस नेतृ डिला संग्रौलाकी श्रीमान् सूयप्रसाद संग्रौला र अस्पताल निर्देशकमा पैसाको चलखेल गरेर डा.जगत नारायण साहलाई नियुक्ती गरिएको विषयमा उहाँले आपति जनाउनु भएको छ । उनीहरुको नियुक्ती सच्याउन पनि माग गर्नु भएको छ । 

यसअघिको सम्झौता अनुसार इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउन उहाँले माग गर्नु भएको छ ।