धरान / ‘देश नेता, कर्मचारी र ठेकेदारले बनाइदिन्छ भन्नु नै जनताको ठूलो भूल हो । देश बनाउने नै हो भने जनता आफै मैदानमा उत्रनु र पसिना बगाउनुको विकल्प छैन ।’–यो सन्देश धरान उपमहानगरपालिकका मेयर हर्कराज राई(साम्पाङ)को हो । उहाँले यो सन्देश मात्र दिनु भएको छैन्, मेयरको कुर्सीमा बसेदेखि नै जनतासँगै धरानका पाखाभित्तामा श्रमदान गरिरहनु भएको छ । प्रत्येक शनिवार उहाँ धरानेलाई पानी खुवाउनका लागि साना खोलाहरुको पानी संकलनका लागि श्रमदान तथा उजाड पाखाभित्तामा बोटविरुवा रोप्न जानुहुन्छ । उहाँलाई सयौं मान्छेहरुले साथ पनि दिइरहेका छन् । 

सरकारी योजना हुँदा करि ६० लाख खर्च हुने पकुवा खोलामा श्रमदान गरेर त्यहाँ बग्ने पानी खानेपानीको रिर्जव ट्याङ्कीमा जोडिएको छ । त्यस्तै निशाने खोलाको पानी संकलनका लागि काम भइरहेको छ । 

यो शनिवार सर्दु जलधार क्षेत्रमा वृक्षारोपन गरिएको छ । उहाँ शनिवार सार्वजनिक आवहान गरेर श्रमदान गर्न निस्कनु हुन्छ ।  मेयर साम्पाङले नेपालमा श्रम सँस्कृतिको शुरुवात गरेको भन्दै यो शनिवार भोजपुर क्षेत्र नं. १ का प्रतिनीधि सभासदस्य सुदन किराती साम्पाङको अभियानमा सहभागी हुनु भएको छ । माओवादी केन्द्रका केन्दूीय सदस्यसमेत रहनु भएका किरती बिहान सर्दु खोला क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रममा सहभागि हुनु भयो । साम्पाङले धरानमा चलाएको श्रमदान अभियानको प्रसंश ागदैं सबै जनप्रतिनीधिहरुले धरानबाट सिक्न पनि आह्वान गर्नु भयो । मेयर साम्पाङसँगको भेटका क्रममा उहाँले परिपक्क नेतृत्व गर्न पनि केही सुझावहरु दिनु भएको थियो ।  

किराती पनि जनतासँग निरन्तर सम्पर्क रहने उनीहरुसँगै काम गनेृ बानी पर्नु भएका कारण मेयर साम्पाङले चलाएको अभियानमा एक्यबद्धता जनाउनु भएको हो । किराती पनि भोजपुरका गाउँघरमा पुगेर उहाँहरुसँग हलो कोदालो, गाईगोठालो गर्न रुचाउनु हुन्छ । ‘जनतासँग सांसद’ कार्यक्रमअन्तर्गत हरेक महिना गृहजिल्लामा नागरिकसँग संवाद गर्दै र उनीहरुको खेत–बारीमा श्रमसमेत गर्दै आउनु भएको छ । ‘पहिले यस्तो श्रम माओवादीहरुले गर्ने गर्थे, तर अहिले अरुको संगतले बिग्रियौं । यही संसकारबाट आमोवादी हुर्किएको हो ।’–सांसद किरातीले भन्नु भयो–‘मेयर साम्पाङले श्रम संस्कृतिलाई स्थापित गर्न अभियान चलाउनु भएको छ । यो राम्रो कुरा हो । सबैले धरानबाट सिक्नु पर्छ ।’ 

विश्व मानव समुदायमा गम्भीर खाद्य संकट देखा पर्दैछ । उत्पादनमार्फत आत्मनिर्भर बन्न सकेनौं भने आजको विश्वमा बाँच्न गाह्रो हुनेछ । आयातमा निर्भर हुनुपर्दा र उत्पादनमा जोड नदिदाँ समुदायसमक्ष संकट देखा पर्दै गएको अवस्थामा यि समस्या टार्न सबैले श्रमदान जरुरी भएको उहाँ बताउनु हुन्छ । 

आफ्नो अभियानमा सहभागी हुन आइपुगेकोमा मेयर हर्क साम्पाङले खुसी व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नो अभियानमा सरिक उहाँले अनुरोध गर्नु भएको छ । यस अघि पनि ठूलो नेताहरुलाई धरानमा श्रमदान गर्न आउन आवहान गर्नु भएको थियो । 

किरातीले मेयर हर्क साम्पाङलाई सुझावसमेत दिए । श्रम अभियानलाई नरोक्न तथा निरन्तरता दिन, राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन र हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले साम्पाङलाई सुझाव पनि दिनु भएको छ । 

बिन्दबासिनी कृषी फारम काभ्रेपलान्चोक पनौतीका गोबिन्दप्रसाद तिम्सिनाले पठाएको १२५ वटा फलफूलका विरुवा रापिएको बताइएको छ । धरान बजारदेखि उत्तरमा रहेको सर्दुजलधार क्षेत्र र २० नं वडाको पाखो जमिनलाई फलफुल र विभिन्न प्रजातीका बोटविरुवा रोपेर हरियाल िबनाउने मेयर साम्पाङको अभियान रहेको छ । त्यही पाखामा यस बर्ष सयपत्री फुल फुलाएर तिहारमा चाहिने सयपत्री फुल अन्यत्रबाट आयत नगर्ने सोच मेयर साम्पाङले बनाउनु भएको छ । 

श्रमदान कार्यक्रममा धरानका सामाजिक संघ संस्था, सहकार विभन्नि समुह बनाएर साप्ताहिक ?पमा श्रमदान गर्न जानेको छन् । यो शनिवार नेपाल बसोबास तथा बस्ते संरक्षण समितिका केन्द्रिय अध्यक्ष कुमार कार्र्कीसहिका टिम, महिला एकता समाजलगायतको सहभागिता रहेको थियो ।