विराटनगर / प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा एमालेका तीन जना नेताले दावी प्रस्तुत गरेका छन् । एमाले सचिव भीम आचार्यले हिजो काठमाण्डौं पत्रकार सम्मेलन गरि प्रदेश नं।१ को मुख्य मन्त्रीको दावेदार आफु रहेको दावी प्रस्तुत गरेका थिए । आचार्यको दावी लगत्तै आज विहान पोलिटव्युरो सदस्य शेरधन राईले विराटनगरबाट प्रदेश नं। १ को मुख्यमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरे । शेरधन राईले दावी गरेको ६ घण्टा नवित्दै केन्द्रिय सदस्य जीवन घिमिरेले प्रदेशको मुख्यमन्त्रीमा आफु बलियो भएको दावी गरेका छन् ।
मोरङ क्षेत्र नम्वर ४ ख बाट निर्वाचित भएका घिमिरेले मुख्यमन्त्रीमा माधव नेपाल पक्षबाट आधिकारिक उम्मेदवार भएको समेत दावी गरे । मुख्यमन्त्रीका लागि मतदान भएको खण्डमा आफु विजयी हुने समेत घिमिरेले दावी गरे । पार्टीले अवसरको समुचित व्यवस्थापन र वितरण गर्नु पर्ने घिमिरेको भनाई छ । मुख्यमन्त्रीको दावीलाई गुट उपगुटसँग दाजेर हेर्न नमिल्ने उहाँको तर्क छ । राजनीतिक पृष्ठभुमीका आधारमा मुख्यमन्त्रीमा दावी गरिरहेका अन्य नेता सरह आफुँ रहेको उनको दावी छ । उनले भने, अन्य साथीहरुले योग्यता देखाउने मौका पाउनुभयो, योग्यताबारे जनतालाई पनि थाहा भयो, तर मेरो योग्यताबारे थाहा छैन ।’ आफ्नो योग्यता देखाउने समय आएकाले पनि मुख्यमन्त्रीमा आफु प्रतिष्पर्धा गर्न तयार रहेको उनको भनाई छ । मुख्यमन्त्रीमा दावी गरिरहेका घिमिरेले पार्टीको निर्णय भने सहर्ष स्वीकार गर्ने बताएका छन् ।
२०४३ सालदेखि उनी पार्टीमा क्रियाशिल छन् ।