धरान / सप्तकोसी नदीले पश्चिम क्षेत्रको तटबन्धन भत्काएर बस्तीमा पसे पछि उदयपुर, सप्तरी र सुनसरीका ५ वटा पालिका बस्तीहरु जोखिममा परेका छन् ।  

उदयपुरको बेलका नगरपालिका ८ मा सप्तकोसी नदिमा आएको बाढीले अस्थायी बाँध भत्काइ कोशी बस्तीमा पसे पछि हजारौ मानिस विस्तापित भएका छन् । 

बिगत केहि दिनको अबिरल बर्षाका कारण बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएर कोशी बस्तीमा प्रवेश गरेको थियो । बेलका नगरपालिका वडा नम्बर २ , ३ र ८ का सैयौँ घर जोखिममा परेका छन् । सुनसरीको ६ र ९ नं वडाका घर डुबाएको छ । नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई मङलबार देखि नै सुरक्षित स्थानमा बस्न अनुरोध गरेको थियो । कोशी मानवबस्ती पसे पछि त्यहाँका स्थानीय सुरक्षित स्थानमा सार्न थालेको छन् ।

बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले प्रभावित बस्तीबाट स्थानीयबासीलाई सुरक्षित स्थान मा सार्ने काम भइरहेको जानकारी दिनु भयो । कोशी डुम्रीबोट ेहुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएको उहाँले जानकारी दिनु भयो । यहाँ मानिसहरु सुरक्षित स्थानमा लगिएको छ । हालसम्म मानविय क्षेतिभने भएको छैन् । 

कोशीको मूल भँगालो बस्तीतिर जान थालेपछि बाढी नरोकिए उदयपुरको बेलका , सुनसरीको बराहक्षेत्र,  र सप्तरीका सप्तकोसी, कन्चनरुप र हनुमाननगर नगरपालिकाका केही बस्तीसमेत डुबानमा पर्ने छन्  । 

नदीले बेलका नगरपालिका वडा नम्बर ८, डुम्रीबोटेबाट धार परिवर्तन गरि बस्ती पसेको हो । मेयर कार्कीका अनुसार बेलका नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका २३ सय घरपरिवार संकटमा परेका छन् । सुनसरीको बराह क्षेत्रको ६ र ९ नम्बर १३ सय घरधुरी पनि नदी पश्चिम सर्दा विस्थापन भएका छन् ।  

सप्तकोसी नदीका पश्चिम सोझिँदा सुनसरी र उदयपुर र सप्तरीका ३० हजारभन्दा बढी मानिस जोखिममा पर्ने बताइएको छ । 

बाढीबाट प्रभावितलाई ट्याक्टरमा स्थानीय विद्यालयमा ओसार्ने क्रम चलिरहेको बेलका वडा नं. ८ का वडाध्यक्ष जयकुमार राईले जानकारी दिनु भयो । 

विस्थापित नागरिकलाई सुरक्षित  स्थानमा सार्न जनपद, शसस्त्र प्रहरी र नेपाली सेना खटिएको सशस्त्र प्रहरीका डीआईजी कमल गिरीले जानकारी दिनु भएको छ । 

बेलका नगरपालिकाका मेयर कार्कीका अनुसार २०४५ सालको भूकम्प अगाडी कोशी हाल पसेको बाटो भएर बगेको थियो । अहिले त्यही अवस्थामा आएको छ । २०४५ साल पछि कोशीले बाटो परिर्वतन गरेर पूर्वीय क्षेत्रबाट बग्दैं आए पछि उक्त स्थानमा टापु बनेको थियो । ‘ढेड महिना अघिदेखि कटान गरिरहेको थियो । हामीले नगरको सबै शक्रि त्यही लगाएर नियन्त्रणको प्रयास पनि गरेका थियौ । स्थानीयहरुलाई सचेत गराएर बस्ती छाड्न तयही बेलादेखि भनेका पनि थियौ ।’–मेयर कार्कीले भन्नु भयो–‘बाढी निरन्तर बढ्दा कोशीले धार परिवर्तन ग¥यो ।’ बेलका नगरपालिकाका २३ सय परिवारलाई स्कुल, सार्वजनिक भवनमा स्थानानतर गरिएको उहाँल ेबताउनु भयो । केही बस्तुभाउ सम्पतिको लोभले आउन मान्नु नभएको उहाँले बताउनु भयो । राती ९ः ३० बजेसम्मपनि  हामी कोशी पसेको स्थान मै रहेर मानिसहरुलाई सुरक्षित स्थानमा लाने काम गरिरहेका छौं । 

कोशी बस्ती पसेकोमा मुख्यमन्त्री राई चिन्तित 

सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं. १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको उल्लेख गर्नुभएको छ । 

मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका वासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गर्नुभएको छ । उहाँले नदीको बहाव वस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायतका निकायलाई निर्देशन गर्नुभएको छ । तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभिन्न सामाजिक संघसंस्था  सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेश नं. १ सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।