धरान / लाजेहाङ,फुङ्साङ,कान्देनाङ,केसाङ्मी, च्याब्रुङ बोकेर बजाउदै गित गाउदै चौतारीमा भेटिए । त्यही समयमा स्वाङ्फेमा, र साम्फेरी हाम्फेरी पनि रक्सी बोकेर पश्चिमबाट झुल्कीए । नम्बरी जग्गालाइ( बन काइली) लिएर बन काइला र उनीहरुको छोरी छाँया पनि त्यही पुगे । लिम्बु संस्कृति झल्काउने दलित समुदायमा भएको भेदभागलाई जिवन्त उतारेको नाटक पारेको नाटक ‘ईङघङ’ यसरी शुरु हुन्छ । अरुको बिहेमा धेरै पटक च्याव्रुङ बजाएर आशिर्बाद दिएका काका भने बिना नम्बरी जग्गा बुढो हुन लागेकोमा चिन्तित देखिए । केमुन्दुमिलाइ सारै माया गरेता पनि उनी औसिया आइमाई भएकोले बिहे गरेमा बुढो खाने कुरा पण्डित्ले बताए पछि विवहा नगर्ने अड्डी कसेर बसेकी केमुन्दुमिलाइ उनीहरुको बिहेको कुरा सेलाएको छ।काकाले धेरै पटक केमुन्दुमिलाई सम्झाउदा समेत पन्डितको कुराले उनी चाहेर पनि बिहे गर्न सकिरहेकी थिएनन । तर उनै पन्डितले दलित वन काइलाको छोरीलाई पेट बोकाई भगाए पाछी कथाले अर्कै मोड लियो । यसरी लिम्बू समाजको रहनसहन, सँस्कार र सँस्कृतिलाई उत्कृष्ट पारामा प्रस्तुत गरेको नाटक ‘ईङघङ’ जातीय छुवाछुत र अशिक्षाविरुद्ध साच्चैको सन्देश दिन सफल भएको छ । शिक्षाको अभावले कुसँस्कार, अन्धविश्वास, छुवाछुतलाई तोड्न र पश्चिमा सँस्कृतिबाट मौलिक सँस्कृतिको पहिचान जोगाइराख्नुपर्ने नाटक ‘ईङघङ’को सार देखिएको छ । धरानको रंगभुमि एकेडेमीको प्रस्तुती नाटक ‘ईङघङ’ धरान ८ स्थित सभागृहमा प्रर्दशन भई रहेको छ । माघ १५ गते सम्म दिनहु मञ्चन हुने आयोजकले जनाएको छ । कथा निकै लामो छ । करिब डेढ घण्टाको नाटकमा कुनै पट्यारलाग्दा दृष्य भने पाईदैन् । नाटकमा कलाकारहरुको संवाद, लिम्बु लवज, अभिनय र बिषयबस्तुले दर्शकहरुलाई बाधेर राख्न सकेको छ । नाटक उत्कृष्ट भएकै कारण हलमा दर्शकको हासोले कलाकारहरुलाई नै अभिनयमा अप्ठ्यारो पार्दै आएको छ । लिम्बू समाज नबुझ्नेलाई यहाँ प्रयोग भएका सम्बाद छाडापन भएको लाग्न सक्छ । लिम्बू समाजमा महिलालाई अलि बढि स्वतन्त्रता छ । लिम्बु समाजमा महिलासँग बोल्नलाई त निक्कै आटिलो पुरुष चाहिन्छ । त्यो ‘ईङघङ’मा राम्रो प्रस्तुती पाईन्छ । महत्वपुर्ण कार्यमा च्याव्रुङ नाच्नु, मुन्धुमी परम्परा अंगाल्नु लिम्बू जातिको जीवन हो । बिहेमा सोल्टी सोल्टीनीहरु रातभरि धान नाच्दै रमाउनु, माया प्रिति गाँस्नु र बिहे गर्नु लिम्बू सँस्कृतिभित्रको रोमान्टिक पाटो हो । यो पाटोलाई जीवन्त उतारेको पाएको शनिवार साँझ नाटक हेर्दे गर्दा भेटिएका विजय लिम्बुले बताए । लिम्बु राईहरुको बसोबास रहेको धरानमा लगातार ७ दिनसम्म नाटक चलेको छ । १५ गते उनीहरुले समापन गर्दैछन् । नाटक पढ्नु भन्दा पनि हेर्नु पर्दछ भन्ने सन्देश दिन ७ दिनसम्म लगातार एउटै नाटक मञ्चन गरिएको कलाकार दिपेन्द्र दर्नालेले बताए । रंगभुमिका अध्यक्ष विष्णु मोक्तानको कथा निर्देशन बनाइएको नाटकमा दिपेन्द्रसिं दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, प्रशिका निरौला, सोनम मगर, निश्चल कुलुङ, मिलन राई, गेबी लिम्बू, शंकर थापा र उदिप लिम्बूको सशक्त अभिनय छ । निर्माण संयोजन स्पन्दन राजा, संगीत विनायक राई र केलाङ नृत्य कुमार हुक्पा चोक्पा चोङबाङको रहेको छ ।