विराटनगर /  प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित हुनुभएको छ । माननीय मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो । 

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीकी पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ । मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

कोभिड संक्रमणका कारण मुख्यमन्त्री राईको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार  बन्धुपोखरेलले जानकारी दिनु भयो ।