इटहरी ।  अग्रेजीमाधयममा पढाई हुने इटहरीस्थित सामुदायिक विद्यालय जनता माविबाट यो वर्षको एसइर्यमा शतप्रतिप्रतिशत विद्यार्थीहरु उर्तिण भएका छन् । 

२८७ जना विद्यार्थीमा ३७ जनाले ए प्लस र ८२ जनाले ए ग्रेड ल्याएको विद्यालयका प्रधानाध्यापक पशुपती सिग्देलले जानकारी दिनु भएको छ । अन्य सबै वि र वि प्लस नतिजा ल्याएका छन् ।  

यस वर्ष जनता मावि प्रदेश १ मै सबैभन्दा धेरै विद्यार्थी पास गर्ने विद्यालयमा दरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले दावी गर्नु भएको छ । संभवत सामुदायि विद्यालयबाट यतिको संख्यामा विद्यार्थी उर्तिण हुने जनता मावि पहिलो भएको बताइएको छ ।  केही वर्षयता विद्यालयको पूर्वाधार, शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन थाले पछि विद्यालयले उत्साहजनक नतिजा निकाल्दैं आएको अध्यक्ष दंगालले बताउनु भयो । 

विद्यालयमा २५ सय विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ११ मा यो वर्षदेखि विज्ञान विषयको समेत अध्यापन सुरु भएको छ । शिक्षा, मानविकी र व्यवस्थापनको यस अघि नै कक्षा १२ सम्मको अध्ययन अध्यापन भइरहेको छ ।